लण्डन । बेलायतमा नेपालीहरुको जनसंख्या अरु आप्रवासीका दाँजोमा धेरै नभए पनि कोरोना भाइरसका कारण निधन हुने नेपालीहरुको अभिलेख कायम गर्नमा भने समस्या देखिएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने गोरखाहरुको तथ्याङ्क गोरखा वेलफेयर ट्रष्टले राखेको पाइएको छ भने सबै नेपाली मूलका नेपालीहरुको तथ्याङ्क नेपाली दूताबास लण्डनले राख्ने गरेको छ । तथापि यी दुवैको निकायको सम्पर्कमा नरहेका नेपालीहरुको तथ्याङ्क कतै हराउने त होइन भन्ने चिन्ता पनि शुरु भएको छ । यस्तै एउटा उदाहरण हुन् हरिप्रसाद हुक्पा चोङवाङ ।
लण्डनको फेल्थाममा बसोबासरत चोङवाङ श्वास फेर्न गाह्रो भएपछि अप्रिल ४ तारिखमा वेष्ट मिडलसेक्स अस्पताल आइलवर्थ लण्डनमा भर्ना भए । त्यसको दुई दिनपछि अप्रिल ६ तारिखमा उनको निधन भयो । उनकी छोरीले दिएको जानकारीअनुसार उनको निधन कोरोना भाइरस संक्रमणका कारण भएको हो ।
पुर्ख्यौली घर तेह्रथुम श्रीजुङ मोराहाङका ६७ वर्षीय चोङवाङको गत नोभेम्बरमा ढाडको शल्यक्रिया गरिएको थियो । लामो समय अस्पताल बसेर उनी फेब्रुअरी १४ मा डिस्चार्ज भएका थिए । नेपाल गएर आराम गर्ने तरखर गर्दागर्दै बेलायतमा लकडाउन शुरु भयो र त्यसको दुई सातामै उनी आफैँ बिते ।
छोरी ज्वाईको साथमा बेलायत बस्दै आएका उनको निधनपश्चात छोरीले सहयोगका गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेमा निवेदन दिइन् । एनआरएनए युकेले ५ सय पाउण्ड सहयोग पनि उपलब्ध गराएको उपाध्यक्ष प्रेम गाहामगरले जानकारी दिए ।
लण्डनभित्रै भएको यस घटनाका बारेमा करिब तीन साता बित्दासम्म न उनको निधनबारे समाचार आयो न त नेपाली दूताबास लण्डनको रेकर्डमा उनको नाम नै देखियो । एकैपटक एनआरएनए युकेले सहयोग उपलब्ध गराएका व्यक्तिहरुको नामावली सार्वजनिक भएपछि मात्र उनको बारेमा खोजी शुरु भयो । उनी जस्तै विवरण नराखिएका कति नेपाली होलान् ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण