एनआरएनए कोभिड -१९ राहत तथा उद्दार अबधारणा पत्र नेपाल सरकारलाई


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरस (कोभिड१९) राहत तथा उद्दार काययक्रम सम्बन्धी अबधारणा पत्र २०२० नेपाल सरकारलाई बुझाएको हो।
गैरआवासीय नेपाली संघ कोभिड १९ रिलिफ तथा रेपार्टियसन कार्यक्रम २०२० नामको उक्त अबधारणा पत्र संघका उपाध्यक्ष तथा बैदेशिक रोजगार कार्यदलका संयोजक डा बद्रि के सीको संयोजनमा तयार पारिएको हो। पत्रलाई संघको कार्यकारी बैठकले पारित गरि नेपाल सरकारलाइ बुझाएको छ।

अबधारणा पत्रमा बिशेष गरि कोभिड १९ र यसबाट नेपालीहरुको विश्व समुदायमा परेको अप्ठेरो, तत्कालको लागि गर्नुपर्ने काम र नेपाल सरकारको सहयोगबारे उल्लेख गरिएको छ। काययक्रमको सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्यविधि पनि पत्रमा उल्लेख गरिएको छ। खासगरी उद्धार, राहत र उपचारमा केहि सहयोग गर्ने कुरामा पत्र तयार गरिएको छ। यसका लागि संघले ५ करोडको सिडमनी राख्ने र नेपाल सरकारको बैदेशिक रोजगार कल्याणकारी कोष अथवा अन्य कोषबाट १५ करोड रुपैया गरि जम्मा २० करोड रुपैयाको कोष बनाउने प्रस्ताव गरिएको छ।

पत्रमा उद्धार र राहत संघका राष्ट्रिय समन्वय परिषद, क्षेत्रीय तह, डायस्पोराका विभिन्न संघसंस्था र नेपाल सरकारका मिशन, राजदूतावास समेतको संयोजनमा काम गरिने कुरा प्रस्ताव गरिएको छ।

राहत र उद्धार गर्नुपर्ने व्यक्ति र परिवारहरुको लागि अनलाइन डाटा कलेक्शन गर्ने, संघको हटलाइन फोन सेवाबाट सूचना लिने जस्ता विधिको समेत उल्लेख गरिएको छ। एनआरएनए प्रवक्ता डिबी क्षेत्रले सो अबधारणा पत्र संघको वेबसाइटमा समेत अपलोड गरिने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री