म अहिले एउटा अद्भूत अदृश्य शक्ति भएर
यस पृथ्वीमा सबैभन्दा नयाँ र नौलो
प्रकारको उधुम मच्चाउन चाहन्छु
जसरी एउटा गरिब कवि
फालिएका पुराना अखबारको स्तम्भ पढेर
नयाँ सरचना र नयाँ शैलीमा
कविता लेख्छ र उधुम मच्चाउँछ
म त्यसरी नै उधुम मच्चाउन चाहन्छु
जसरी एउटा गरिब चित्रकारले
मैलामा थुपारिएको चाङ्गबाट कार्डबोर्ड टिपेर
पेन्सिलले नयाँ शैलीमा मोनालिसाको चित्र
कोरेर उधुम मच्चाउँछ
म त्यसरी नै उधुम मच्चाउन चाहन्छु
जसरी एउटा गरिब सङ्गीतकारले
बीच बाटोमा माग्दै टोकरी बजाएर
एकदमै नयाँशैलीमा सङ्गीत सिर्जना गर्छ
र उधुम मच्चाउँछ
म त्यसरी नै उधुम मच्चाउन चाहन्छु
विज्ञान र प्रविधिको काँधमा चढेर
आणविक भट्टीको निर्माण गरेर
दम्भको नशामा लठ्ठ हुँदै
सबै पृथ्वी कब्जामा लिएर
शक्ति प्रदर्शन गर्न आतुर मानिसको
सेखी झारेर म उधुम मच्चाउन चाहन्छु
प्रतिपल चिकित्सा विज्ञानको
चमत्कारसँगै मलेरिया, सार्स, स्वाइनफ्लु, बर्डफ्लु
जस्ता अनेकौ रोगब्याधीको निवारण गर्दै
अघि बढिरहेको मानिसलाई
आतङ्कित तुल्याएर उधुम मच्चाउने
मेरो लक्ष्य अधूरो बनाएर
एकदिन विजयको चुचुरोमा उभिएर
आनन्दको सास फेर्दै मानिसहरु भन्नेछन्
ए त्यो नाथे पुरानो रोग कोरोना !
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न