लण्डन । पूर्व गोरखा सैनिक शिवोनारायण गुरुङको बुधबार निधन भएको छ ।
९५ वर्षीय गुरुङको बेलायतको नट्टिघमस्थित आफ्नै निवासमा निधन भएको हो ।
ब्रिटिश गोरखा एक्स सर्भिसमेन्स सोसाइटी नट्टिघमका महासचिव होमबहादुर गुरुङका अनुसार बुधबार बिहान शिवोनारायणको कोठाबाट अलि फरक आवाज आएपछि उनका ज्वाइँ उनलाई हेर्न गएका थिए । उनलाई असजिलो भएको देखेपछि ज्वाइँले ‘अब म एम्बुलेन्स बोलाउँछु मामा, अब अस्पताल गएर जाँच गर्नुपर्छ’ भन्दा शिवोनारायणले ‘मलाई केही भएको छैन, एम्बुलेन्स बोलाउनु पर्दैन’ भनेका थिए । तैपनि ज्वाइँलाई लाग्यो एम्बुलेन्स बोलाएर एकपटक जाँच गरौँ । ज्वाइँले फोन गर्दागर्दै यता शिवोनारायणले देह त्याग गरे ।
उनलाई केही दिनअघि ज्वरो आए पनि उनी कोरोनाको हल्ला चलेपछि घरबाहिर निस्केका थिएनन् । सचिव गुरुङका अनुसार उमेर निकै धेरै भए पनि शिवोनारायण शारीरिकरुपमा तन्दुरुस्त र बोली अत्यन्तै टाठो थियो ।
फस्ट टेन गोरखा राइफल्सका शिवोनारायणको आर्मी नम्बर २११३९८७५ छ । उनी स्थानीय ब्रिटिश गोरखा एक्स सर्भिसमेन्स सोसाइटी नट्टिघमको ज्येष्ठ सदस्य थिए ।
उनको पुर्ख्यौली घर ओलखढुंगा रुम्जाटार रहेको छ । उनका ४ भाइ छोरा र ४ बहिनी छोरीमध्ये तीन भाइ छोरा, दुई छोरी बेलायतमै छन् । उनी विगत १० वर्षदेखि युकेमा बसोबास गर्दै आएका थिए ।
उनको मृत्युको कोरोना कारण हो कि होइन भन्ने सोमबार रिपोर्ट आएपछि मात्र थाहा हुने बताइएको छ ।
उनी एक महिना यता बेलायतमा बित्ने करिब तीन दर्जन नेपालीहरुमा सबैभन्दा ज्येष्ठ हुन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न