लण्डन । पूर्व गोरखा सैनिक शिवोनारायण गुरुङको बुधबार निधन भएको छ ।
९५ वर्षीय गुरुङको बेलायतको नट्टिघमस्थित आफ्नै निवासमा निधन भएको हो ।
ब्रिटिश गोरखा एक्स सर्भिसमेन्स सोसाइटी नट्टिघमका महासचिव होमबहादुर गुरुङका अनुसार बुधबार बिहान शिवोनारायणको कोठाबाट अलि फरक आवाज आएपछि उनका ज्वाइँ उनलाई हेर्न गएका थिए । उनलाई असजिलो भएको देखेपछि ज्वाइँले ‘अब म एम्बुलेन्स बोलाउँछु मामा, अब अस्पताल गएर जाँच गर्नुपर्छ’ भन्दा शिवोनारायणले ‘मलाई केही भएको छैन, एम्बुलेन्स बोलाउनु पर्दैन’ भनेका थिए । तैपनि ज्वाइँलाई लाग्यो एम्बुलेन्स बोलाएर एकपटक जाँच गरौँ । ज्वाइँले फोन गर्दागर्दै यता शिवोनारायणले देह त्याग गरे ।
उनलाई केही दिनअघि ज्वरो आए पनि उनी कोरोनाको हल्ला चलेपछि घरबाहिर निस्केका थिएनन् । सचिव गुरुङका अनुसार उमेर निकै धेरै भए पनि शिवोनारायण शारीरिकरुपमा तन्दुरुस्त र बोली अत्यन्तै टाठो थियो ।
फस्ट टेन गोरखा राइफल्सका शिवोनारायणको आर्मी नम्बर २११३९८७५ छ । उनी स्थानीय ब्रिटिश गोरखा एक्स सर्भिसमेन्स सोसाइटी नट्टिघमको ज्येष्ठ सदस्य थिए ।
उनको पुर्ख्यौली घर ओलखढुंगा रुम्जाटार रहेको छ । उनका ४ भाइ छोरा र ४ बहिनी छोरीमध्ये तीन भाइ छोरा, दुई छोरी बेलायतमै छन् । उनी विगत १० वर्षदेखि युकेमा बसोबास गर्दै आएका थिए ।
उनको मृत्युको कोरोना कारण हो कि होइन भन्ने सोमबार रिपोर्ट आएपछि मात्र थाहा हुने बताइएको छ ।
उनी एक महिना यता बेलायतमा बित्ने करिब तीन दर्जन नेपालीहरुमा सबैभन्दा ज्येष्ठ हुन् ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह