लण्डन । कोरोना संक्रमणबाट पूर्व गोरखा सैनिक बुद्धबल गुरुङको बेलायतमा निधन भएको छ । ८३ वर्षीय गुरुङको बुधबार फ्रिमली पार्क अस्पतालमा बेलुकी १०.४५ बजे निधन भएको गुरुङका नातेदार तथा गोरखा जिल्ला तमु समाजका युकेका अध्यक्ष फडकजित गुरुङले जानकारी दिनुभयो ।
गोरखा सिरान्चोक गाउँपालिका वडा नम्बर ७ काप्रे स्थायी घर भएका गुरुङ बेलायतको फार्नब्रोमा श्रीमती, दुई छोरा बुहारी, छोरी ज्वाइँका साथमा बसोबास गर्दै आउनुभएको थियो ।
घरमै अस्वस्थ महसुस गरेपछि गुरुङ र श्रीमती दुवैलाई सोमबार अस्पताल लगिएको थियो । दुवैलाई कोरोना पोजिटिभ देखिए पनि श्रीमतीलाई औषधि दिएर घर फर्काइएको थियो भने गुरुङलाई अस्पताल भर्ना गरिएको थियो ।
अहिले गुरुङको परिवारका सबै सदस्य घरमै आइसोलेसनमा बसिरहेका छन् । समाजका अध्यक्ष गुरुङका अनुसार उमेरले पाको भएपनि गुरुङ हिँडडुल गर्न र आफैँ खानपिन गर्न सक्ने अवस्थामा थिए ।
उनको आर्मी नम्बर २११४१२६८ थियो । उनी ९ वर्षदेखि युकेमा बसोबासरत थिए ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?