लण्डन । कोरोना संक्रमणबाट पूर्व गोरखा सैनिक बुद्धबल गुरुङको बेलायतमा निधन भएको छ । ८३ वर्षीय गुरुङको बुधबार फ्रिमली पार्क अस्पतालमा बेलुकी १०.४५ बजे निधन भएको गुरुङका नातेदार तथा गोरखा जिल्ला तमु समाजका युकेका अध्यक्ष फडकजित गुरुङले जानकारी दिनुभयो ।
गोरखा सिरान्चोक गाउँपालिका वडा नम्बर ७ काप्रे स्थायी घर भएका गुरुङ बेलायतको फार्नब्रोमा श्रीमती, दुई छोरा बुहारी, छोरी ज्वाइँका साथमा बसोबास गर्दै आउनुभएको थियो ।
घरमै अस्वस्थ महसुस गरेपछि गुरुङ र श्रीमती दुवैलाई सोमबार अस्पताल लगिएको थियो । दुवैलाई कोरोना पोजिटिभ देखिए पनि श्रीमतीलाई औषधि दिएर घर फर्काइएको थियो भने गुरुङलाई अस्पताल भर्ना गरिएको थियो ।
अहिले गुरुङको परिवारका सबै सदस्य घरमै आइसोलेसनमा बसिरहेका छन् । समाजका अध्यक्ष गुरुङका अनुसार उमेरले पाको भएपनि गुरुङ हिँडडुल गर्न र आफैँ खानपिन गर्न सक्ने अवस्थामा थिए ।
उनको आर्मी नम्बर २११४१२६८ थियो । उनी ९ वर्षदेखि युकेमा बसोबासरत थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त