लण्डन । कोरोनाका कारण पूर्व गोरखा सैनिक हरिमान तामाङको लण्डनमा निधन भएको छ ।
आर्मी नम्बर २११४९७६७ का ८२ वर्षीय तामाङको बुधबार साँझ पश्चिम लण्डनस्थित हिलिङडन अस्पतालनमा निधन भएको तामाङका नातेदार गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति धर्मबहादुर तामाङले जानकारी दिए ।
धनकुटा हात्तीखर्क १ माकलुंगका स्थायी बासिन्दा बेलायतमा छोरी ज्वाइँका साथमा पश्चिम लण्डनको वेष्ट ड्राइटनमा बस्दै आएका थिए । उनी श्रीमतीसहित बेलायतमा थिए भने उनका छोरा अष्ट्रेलियामा बसोबासरत छन् ।
पारिवारिक स्रोतका अनुसार तामाङलाई ज्वरो आएको थियो । उनी घरमै आइसोलेसनमा बस्दै आएका थिए । तर ज्वरो बढ्दै गएर खप्नै नसक्ने भएपछि करिब पाँच दिनअघि अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट बुधबार साँझ फोनमार्फत तामाङको निधन भएको जानकारी गराइएको थियो ।
तामाङका अनुसार हरिमानमा बुढ्यौलीबाहेक अरु कुनै स्वास्थ्यसम्बन्धी समस्या थिएन ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान