लन्डन । मर्जिङ नेपसोसले कोरोना भाइरसबाट प्रभावित नेपाली विद्यार्थीलाई राहत वितरण गर्न सहयोग सुरु गरेको छ ।
गत ६ अप्रिलमा बेलायतस्थित नेपाली राजदूतावासले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुसँग सम्पर्क गरी राहत सहयोग वितरण गर्न जिम्मा दिएपछि मर्जिङ नेपसोसले राहत वितरण गरेको हो । अध्यक्ष पवन कँडेलका अनुसार अहिलेसम्म ५० जनालाई खानका लागि राहत वितरण गरिएको छ । आगामी साता करिब एक सय विद्यार्थीहरुलाई राहतको आवश्यकता पर्ने जानकारी पनि उनले वीनेपालीलाई दिए ।
विद्यार्थीहरुका समस्या समाधानका लागि उसले बुधबारसम्म नौ हजार पाउण्ड रकम आर्थिक संकलन पनि गरिसकेको छ ।
राजदूतावासले बेलायतका विभिन्न विश्वविद्यालमा अध्ययनरत नेपाली विद्यार्थीहरुसंग सम्पर्क गर्न, समस्यामा परेका र पर्नसक्ने विद्यार्थीहरुको विवरण तयार गर्न र सहयोगको लागि समन्वय गर्न मर्जिङ नोपसोसलाई जिम्मा दिएको थियो । राजदूतावासबाट जिम्मेवारी पाएपछि बुधबारसम्म नोपसोसले दुई सय ३० जना विद्यार्थीहरुसँग सम्पर्क गरिसकेको छ । त्यसका लागि ५० अभियानकर्तामा १६ जना रहेको हेल्पलाइन टोली बनाएको छ । तीमध्ये आधा दर्जनले विद्यार्थीहरुका बारेमा विस्तृत जानकारी लिने गरेका छन् । जसमा अध्ययनको विषय, कलेज वा विश्वविद्यालय, उनीहरुले अध्ययन गरेको विषयहरु, तहहरु र परिवर्तन गर्न चाहेको कोर्षहरु बारेमा बुझिरहेको अध्यक्ष कंडेलले बताए ।
यसबाहेक बेलायती विद्यार्थीहरुले पाउने हार्डसीप फण्डको व्यवस्था, विश्वविद्यालय अध्ययन नगरी नेपाल फर्कन चाहनेलाई रकम फिर्ता, अनलाईन कोषहरु र अनलाईन कोर्ष अध्ययन गर्न छाडेर सेप्टेम्बर सेसनमा विश्वविद्यालय जान चाहनेका लागि के कस्तो गर्न सकिन्छ भनेर विशेष फाराम भराईरहेको छ । राहतको दूरुपयोग नहोस भनेर विशेष फाराम भराउने गरिएको छ । जसमा आफ्ना व्यक्तिगत अवस्थाहरुका बारेमा विस्तृत जानकारी दिनुपर्नेछ । आर्थिक राहत लिई सकेपछि खरीद गरेको रिसिट नोपसोसलाई पठाउनु पर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।
करिब तीन सय ५० विद्यार्थीहरु कोरोनाबाट प्रभावित भएको अनुमान नोपसोसले गरेको छ । अधिकाश विद्यार्थीहरु हडर्सफिल्ड, बोल्टोन, ल्यानकास्टर, वेस्ट लण्डन, कार्डिफ विश्वविद्यालय लगायतमा अध्ययनरत रहेका छन् ।
विद्यार्थीहरुलाई सहयोग गर्न समुदायले देखाएको सहयोगले आफूहरुलाई उत्साहित बनाएको अध्यक्ष कंडेलले बताए । हाम्रो टीम वर्क र अभियानबाट उठेको रकमले बेलायतस्थित नेपाली राजदूतावासबाट दिइएको जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न सक्छौँ भन्ने विश्वास लागेको उनको भनाइ छ । आफ्ना सदस्यहरुको नेटवर्कबाट ४ हजार पाउण्ड तथा विभिन्न संघसंस्थाबाट करिब पाँच हजार पाउण्ड सहयोग उठेको उनले जानकारी दिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न