लण्डन । पूर्व गोरखा सैनिक हस्तवीर गुरुङको बेलायतमा निधन भएको छ ।
कोरोनाको शंका लागेपछि उनलाई ननिटनस्थित जर्ज इलियट अस्पतालमा अप्रिल ५ तारिखको दिन भर्ना गरिएकोमा बुधबार दिउँसो साढे ३ बजे उनको निधन भएको ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारुले जानकारी दिए ।
उनको मृत्युको कारण अस्पतालले औपचारिकरुपमा खुलाउन बाँकी छ ।
क्वीन्स गोरखा इन्जिनियर्सका ७८ वर्षीय गुरुङको आर्मी २११५११९८ रहेको छ । उनले कर्पोरल पदबाट अवकास पाएका थिए ।
उनी ननिटनमा छोरी ज्वाइँका साथमा बसोबास गर्दै आएका थिए । उनकी श्रीमती भने बिदामा नेपाल गएकी छिन् । कोरोनाका कारण नेपालले लक डाउन गरेपछि उनी युके आउन पाएकी छैनन् ।
परिवारमा सबैलाई कोरोनाको लक्षणपछि छोरीज्वाइँसहित गुरुङ अस्पताल भर्ना भएका थिए । छोरी र ज्वाइँ उपचारपछि घर फर्केका छन् ।
उनको पुर्ख्यौली घर तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ रहेको छ । उनी सन् २०१२ देखि युकेमा बसोबासरत थिए ।
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला