लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले दक्षिण कोरिया राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कोरियालाई कोभिड १९ महामारीमा नेपाललाई सहयोगका लागि धन्यवाद दिएका छन् ।
अध्यक्ष पन्तले १४ अप्रिलमा एक पत्रमार्फत एनआरएनए एनसीसी कोरियाले कोरोना भाइरसको महामारी बिरुद्धको अभियानमा गैरआवासीय नेपाली संघ सहकार्यमा ठूलो योगदान गरेकोमा धन्यवाद ज्ञापन गरेका हुन् । एनआरएनए कोरियाले कोरियामा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट खरिद गरेर पठाएको करिब ६० लाख नेपाली रुपैयाँ बराबरको सुरक्षा सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण समेत गरिएको छ ।
‘एनआरएनए एनसीसी कोरियाले नेपालमा आपत विपद परेको बेलामा विगतमा पनि धेरै सहयोग गरेको इतिहास छ । यस संक्रमणको बेलामा कोभिड १९ बिरुद्धको लड्ने अभियानमा सहयोग उक्त उपकरणहरुको सहयोगका लागि व्यक्तिगत र संस्थाको तर्फबाट कृतज्ञता व्यक्त गर्दछु’- उनले प्रशंसा गर्दै पन्तले भने । उनले नेपालीहरुको लागि ठूलो सहयोग हुने अपेक्षा गरेको एनआरएनए सूचना तथा संचार उपसंयोजक कृष्ण केसी जनाए ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?