लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट प्रभावित परिवार र विद्यार्थीहरुलाई आफैँ राहत वितरण गर्ने निर्णय गरेको छ ।
टेलिकन्फेरेन्समार्फत आइतबार बसेको एनआरएनए कार्यसमिति बैठकले अन्य संघसस्थासँग सहकार्य गरेपनि राहत वितरण भने आफैँ गर्ने निर्णय गरेको हो । त्यसका लागि राहत संकलन तथा व्यवस्थापन कार्यविधि २०२० पनि पारित गरेको छ । सो कार्यविधिमा राहत संकलन र वितरण सम्बन्धी प्रावधान राखिएको छ । जसमा राज्य परिषद्हरुले समिति बनाएर आर्थिक संकलन गर्ने उल्लेख छ ।
सो राहत संकलन एनआरएनए युकेको बैँक खातामा मात्र जम्मा गर्नुपर्ने र एकद्वार नीतिबाटै वितरण गरिने महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार ४८ जना विद्यार्थीको नामावली संकलन भएको छ । जसमा करीब १० जनालाई राहतको आवश्यक छ । थप विद्यार्थीहरुका बारेमा अन्य संस्थासँग सहकार्य गरी नामावली संकलन गर्ने काम भइरहेको छ ।
बेलायतका विश्वविद्यालयमा अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरुलाई सहयोगका लागि बेलायतस्थित नेपाली राजदूतावासले एनआरएनए युकेलगायत नेपाली समुदायलाई मर्जिङ नेपसक्समार्फत आर्थिक सहयोगको आग्रह गरेको थियो । दूतावासका उपनियोग शरदराज आरणले एक साताअघि विज्ञप्तिमार्फत सहयोगका आग्रह गरेका थिए ।
एनआरएनए युकेले बेलायत राज्य परिषद् अध्यक्ष दिपक श्रेष्ठको संयोजकत्वमा ‘कोभिड १९’ पीडितहरुलाई सहयोग गर्न आर्थिक संकलन गरिरहेको छ । समुदायबाट उठेको उक्त रकमको वितरण भने एनआरएनए युकेका पदाधिकारीहरु र राज्य परिषद् अध्यक्षहरु सम्मिलित समितिले गर्ने निर्णय भएको महासचिव भट्टराईले बताए ।
राहत संलकन तथा व्यवस्थापन कार्यविधिमा कोभिड १९ का बारेमा जनचेतना जगाउने, न्यूनतम स्वास्थ्य सामग्रीहरु समुदायलाई उपलब्ध गराउने, खान बस्न समस्या परेकालाई तत्काल सहयोग गर्ने, अध्यागमनका लागि कागजपत्र नभएका नेपालीहरुको जीवन रक्षाका लागि न्यूनतम सहयोग गर्नेलगायतका विषयहरु उल्लेख छन् ।
राहतको दुरुपयोग गरे साधारण सदस्यबाट समेत बर्खास्त गर्ने व्यवस्था कार्यविधिमा छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण