लन्डन, (जीएनएन) ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट आफ्नो निवास फर्किएका छन् ।उनको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको तर उनी तुरुन्तै काममा नफर्किने उनको कार्यालयले जनाएको छ ।
कोरोनाबाट संक्रमित भएको १० दिन पछि उनको स्वास्थ्य बिग्रिए पछि गत आइतबार ५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको थियो । उनलाई तीन रातसम्म सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।
डाउनिंग स्ट्रिटले उनले ग्रामीण क्षेत्रमा रहेको चेकर्सस्थित प्रधानमन्त्रीको निवासमा बसेर आराम गर्ने जनाएको छ ।
“आफ्नो चिकित्सा टोलिको सल्लाह अनुसार प्रधानमन्त्री जोनसन तुरुन्तै काममा फर्कने छैनन्,” उनको कार्यालयले भनेको छ, “उनले आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद दिएका छन् ।’’
नेपालकी राष्ट्रपति विद्या भण्डारी तथा प्रधानमंत्री के पी शर्मा ओलीले छुट्टाछुट्टै संदेश पठाइ प्रधानमन्त्री जोनसनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
पब्लिक हेल्थ इंगल्याण्डका अनुसार अहिलेसम्म ब्रिटेनमा झन्डै ७९,००० जना कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ भने गत शुक्रबारसम्ममा ९,८७५ जनाको कोरोना संक्रमणबाट मृत्यु भै सकेको छ ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा