लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईइएस) ले (कोभिड -१९) राहतकोष कार्यविधि बनाउँदै मनपरि आर्थिक संकलनमा रोक लगाएको छ ।
एनआरएनएका नाममा विषयगत समितिहरु तथा पदाधिकारीहरु स्वयंले आर्थिक संकलन तीव्र पारेपछि कार्यविधि बिहीबारबाटै लागू गरिएको हो । कार्यविधिमा ‘आईसीसी वा एनसीसीले स्थापना गरेको राहत कोष बाहेक संघ वा संघको विभाग, समिति, उपसमिति वा कार्यदलको नाममा छुट्टै किसिमले सहयोग रकम संकलन गर्न पाईने छैन’ भन्ने उल्लेख छ ।
संघका कोषाध्यक्ष महेश श्रेष्ठले कार्यविधि बनाउँदै गर्दा कार्यकारी सचिवालयमै रहेका कतिपयले आर्थिक संकलन तीव्र पार्दा पनि संघको नेतृत्वले रोक्न सकेको थिएन । ‘कोभिड- १९’ पीडितलाई सहयोगका नाममा उपाध्यक्ष रबिना थापा, सचिव गौरी जोशीले अमेरिकामा आर्थिक संकलन गरिरहेका छन् ।
अमेरिकामै रहेका अर्का उपाध्यक्ष सोनाम लामाले भने जथाभावी आर्थिक संकलनको विज्ञप्ति जारी गरेर विरोध गरेका थिए । सचिवालयले नै निर्देशन जारी गरेपछि सो निर्देशन कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।
एनआरएनएले कोभिड -१९ पीडित नेपालीलाई सहयोग गर्न सबै एनसीसीलाई राहत कोष स्थापना गरी आर्थिक संकलन गर्न कार्यविधि बनाइ दिएको छ । तर, अधिकांश एनसीसीले कार्यविधि आउनु पूर्व नै आर्थिक संकलन सुरु गरिसकेका थिए ।
सचिवालयको निर्णयमा कोरोना भाइरस (कोभिड- १९) बाट पीडितका लागि खर्च गर्न संचालनमा आएको राहत कोष संकलन तथा व्यवस्थाको जिम्मा कोषाध्यक्ष महेश श्रेष्ठलाई दिइएको छ । त्यस्तै, क्षेत्रीय संयोजक र पदाधिकारीहरु रहेको एक समिति निर्माण गरिएको उल्लेख छ ।
कार्यविधिको १० नम्बर बुँदामा संघका पदाधिकारी वा संघमा संलग्न व्यक्तिहरुले चन्दा दिनु कर्तव्यभित्र पर्ने भन्दै घुमाउरो भाषामा अनिवार्य सहयोग गर्न सम्झाइएको छ । साथै, बैठकले आर्थिक सहयोगका लागि बैँकको खाता पनि सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णय
गैरआवासीय नेपाली संघ कोभिड-१९ राहतकोष (COVID-19 Relief Fund) सम्बन्धी कार्यविधि-२०२०
कोरोना भाईरस (COVID-19) को महामारीबाट पिडित विश्वभर छरिएका नेपालीहरुलाई सहयोग गर्न एक NRNA COVID-19 Relief Fund को स्थापना गरिएको छ । यस कोषको सञ्चालन र व्यवस्थापना यस कार्यविधी अनुसार हुनेछ । यस कार्यविधि संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको मिति ९ अप्रिल २०२०मा बसको बैठकले पारित गरेकोछ र यसै मितिबाट लागू हुनेछ ।
१) यस कोष कोरोना भाईरस (COVID-19) को प्रकोपले प्रभावित पारेका नेपालीहरुको राहतमा केन्द्रित रहनेछ ।
२) यस कोषमा संसार भरी छरिएर रहेका गैरआवासीय नेपालीहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषदका अभियन्ताहरु, वर्तमान तथा पूर्व पदाधिकारीहरु, सदस्यहरु, पञ्जीकृत सदस्यहरु, शुभचिन्तकहरु, स्वदेशी तथा विदेशी परोपकारी व्यक्ती तथा संघ सँस्थाहरुको सहयोग रहनेछ ।
३) यस कोष संघको मानव तथा समाजल्याण विभागको मातहतमा रहनेछ ।
४) कोष संकलन तथा व्यवस्थापन गर्न कोषाध्यक्षको संयोजकत्वमा क्षेत्रीय संयोजक र पदाधिकारीहरु रहेको एक समितिको निर्माण गरिएकोछ (अनुसूची १) ।
५) दाताहरुले निम्न दुई किसिमले यस राहतकोषमा रकम सहयोग गर्न सक्नेछन् ।
क) संघले सञ्चालन गरेको अनलाईन प्रणाली मार्फत क्रेडिट वा डेविट कार्डबाट
www.nrna.org/donate
ख) संघको नेपालमा रहेको निम्म बैंक खातामा जम्मा गरेर
Bank Name: Sanima Bank Limited
Branch Name: Alakapuri, Kathmandu
Account No.: 024010510000034
Beneficiary: NRNA EMERGENCY FUND
Swift Code: SNMANPKA
६) राष्ट्रिय समन्वय परिषदहरुले एक कार्यविधी बनाई कोषको स्थापना गर्न सक्नेछन् । दाता र कोषको वित्तिय विवरण अन्तर्राष्ट्रिय समन्वय परिषदमा पेश गर्नु पर्नेछ । राष्ट्रिय समन्वय परिषदको आधिकारीक बैंक खाताबाट कारोबार गरेको हुनु पर्नेछ । संघको बैंकखाता खोल्न स्थानीय कानूनले नदिएको अवस्था संघसँग पुर्व स्विकृत लिएर वैकल्पिक व्वस्था गर्न सकिनेछ ।
७) आवश्यकता अनुसार कोष संकलन गर्नका लागि कोषाध्यक्ष संयोजक रहेको मूल समिति अन्तरगत क्षेत्रीय स्तरमा समितिहरु निर्माण गर्न सकिनेछ । एउटा क्षेत्रमा एउटा मात्र क्षेत्रीय समिति रहनेछ । तर रकम संकलन दाताहरुबाट सिधै अन्तर्राष्ट्रिय समितिले व्यवस्था गरेको बैंकखाता वा अनलाईन प्रणालीबाट गर्नु पर्नेछ । छुट्टै बैंक खाता वा व्यक्तीको बैंक खातामा जम्मा गर्न पाईने छैन् । क्षेत्रीय समितिको संयोजक क्षेत्रीय संयोजक वा निजको तोकेको व्यक्ती हुनेछ ।
८) क्षेत्रगत रुपमा बनेका समितिहरुको पहलमा उठेको रकम सम्वन्धित क्षेत्रमा रहेका पिडित नेपालीहरुका सहयोगका लागि खर्च गरिने छ । कुनै एक क्षेत्रबाट अर्को क्षेत्रमा रकमान्तर गर्न परेमा पदाधिकारीको बैंठकले निर्णय गरे बमोजिम हुनेछ ।
९) अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदले स्थापना गरेको राहत कोष एक अर्काका परिपुरक भएकाले दाताहरुले ईच्छा अनुसार एक वा दुबै कोषमा सहयोग गर्न सक्नेछन् ।
१०) संघका पदाधिकारी वा संघमा संलग्न व्यक्तीहरुले अन्तर्राष्ट्रिय समन्वय परिषद वा राष्ट्रिय समन्वय परिषदले स्थापना गरेको राहत कोषमा सहयोग गर्ने कर्तब्य हुनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषदले गरेको माथि उल्लेखित व्यवस्था बाहेक संघ वा संघको विभाग, समिति, उपसमिति वा कार्यदलको नाममा छुट्टै किसिमले सहयोग रकम संकलन गर्न पाईने छैन् ।
११) अन्तर्राष्ट्रिय समन्वय परिषदले व्यवस्था गरेको अनलाईन प्रणाली वा बैंकखातामा सहयोग गर्ने दाताको नामावली संघको आधिकारीक वेभपेज वा फेसबुकमा नियमित रुपमा प्रकाशन गरिनेछ । आफ्नो नाम प्रकाशन गर्न नचाहने दाताहरुको लागि स्वही अनुसार व्यवस्था गरिएको छ ।
१२) संघले नेपाल सरकारलाई COVID-19 बाट बच्ने सुरक्षाका सामाग्री र COVID-19 जाँच्ने उपकरण प्रदान प्रवन्ध मिलाईएकोले बाहेकको रकम बाहिर बस्ने नेपालीहरुको लागी खर्च गरिनेछ ।
१३) यस राहतकोषबाट COVID-19 को संक्रमणबाट बच्ने सुरक्षाका सामाग्री, दैनिक जिविकोपार्जन गर्न लाग्ने खर्च, मृत्युवरण भएमा अन्त्यष्टी, विदेशमा अलपत्र परेकाहरुलाई नेपाल फर्काउने लगायत शिर्षकमा सहयोग गर्न सकिनेछ । संक्रमणको विकसित अवस्था र संकलित रकमको अवस्था हेरी यस सम्वन्धि विस्तृत कार्यविधी निर्माण गरिनेछ ।
१४) COVID-19 संक्रमणबाट बच्ने सुरक्षाका सामाग्री किन्नु पर्ने भएमा (यस कोषको रकम खर्च गरी) संघको लजिष्टिक समितिसँग परामर्श गर्नु पर्नेछ ।
१५) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदहरुले गरेको आर्थिक र अन्य सहयोगलाई मौद्रिकमुल्यमा रुपान्तर गरी यसको विवरण प्रकाशन गरिनेछ ।
१६) COVID-19 Relief Fund मा रकम बाँकी रहेमा सो रकम अन्तर्राष्ट्रिय समन्वय परिषदको कल्याणकारी कोषमा संकलन गरिनेछ । राष्ट्रिय समन्वय परिषदले उठाएको रकम राष्ट्रिय समन्वय परिषदको कल्याणकारी कोषमा संकलन गरिनेछ ।
१७) COVID-19 संक्रमणबाट विकशित परिस्थितिलाई हेरी संघको अन्तराष्ट्रिय कार्यकारी सचिवालयले यस कार्यविधीलाई संशोधन गर्न सक्नेछ ।
९ अप्रिल २०२०
गैरआवासीय नेपाली संघ
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण