लण्डन । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टाछुट्टै शुभकामना सन्देश पठाउदै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यलाभको कामना गरेका छन् ।
लण्डनस्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति भण्डारीले बेलायतकी महारानीलाई एक सन्देश पठाउँदै प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । शुभकामना सन्देशमा राष्ट्रपतिले बेलायतमा रहेका सबै नेपालीहरुको संरक्षण हुने विश्वास समेत व्यक्त गरेकी छन् ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी जोन्सनलाई शुभकामना सन्देश पठाएर स्वास्थ्यलाभको कामना गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री जोन्सन छिट्टै निको भएर कोरोनाविरुद्धको बेलायतको लडाईंलाई नेतृत्व प्रदान गर्न सक्षम हुने विश्वास समेत व्यक्त गरेका छन् ।
यसैबीच बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले गतसाता नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसंग टेलिफोन संवाद गरी नेपालमा रहेका बेलायती नागरिकको सुरक्षा तथा फिर्तीसम्बन्धी विषयमा छलफल गरेको दूतावासले जनाएको छ ।
सो छलफलमा मन्त्री ज्ञवालीले बेलायतमा रहेका नेपालीहरुको सुरक्षा तथा विद्यार्थीका समस्याहरुका बारेमा राज्यमन्त्री अहमदसंग कुरा उठाएका थिए । नेपालमा बिदामा गएका भूतपूर्व गोर्खा र उनीहरुको परिवारका सम्बन्धमा समेत मन्त्री ज्ञवालीले चासो व्यक्त गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो