लण्डन । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टाछुट्टै शुभकामना सन्देश पठाउदै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यलाभको कामना गरेका छन् ।
लण्डनस्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति भण्डारीले बेलायतकी महारानीलाई एक सन्देश पठाउँदै प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । शुभकामना सन्देशमा राष्ट्रपतिले बेलायतमा रहेका सबै नेपालीहरुको संरक्षण हुने विश्वास समेत व्यक्त गरेकी छन् ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी जोन्सनलाई शुभकामना सन्देश पठाएर स्वास्थ्यलाभको कामना गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री जोन्सन छिट्टै निको भएर कोरोनाविरुद्धको बेलायतको लडाईंलाई नेतृत्व प्रदान गर्न सक्षम हुने विश्वास समेत व्यक्त गरेका छन् ।
यसैबीच बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले गतसाता नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसंग टेलिफोन संवाद गरी नेपालमा रहेका बेलायती नागरिकको सुरक्षा तथा फिर्तीसम्बन्धी विषयमा छलफल गरेको दूतावासले जनाएको छ ।
सो छलफलमा मन्त्री ज्ञवालीले बेलायतमा रहेका नेपालीहरुको सुरक्षा तथा विद्यार्थीका समस्याहरुका बारेमा राज्यमन्त्री अहमदसंग कुरा उठाएका थिए । नेपालमा बिदामा गएका भूतपूर्व गोर्खा र उनीहरुको परिवारका सम्बन्धमा समेत मन्त्री ज्ञवालीले चासो व्यक्त गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा