लण्डन । कोरोनाको संक्रमणका कारण लण्डनमा अर्का एक भूतपूर्व गोरखा सैनिकको निधन भएको छ ।
पर्वत पैँयु घर भई हाल लण्डनको अल्पर्टनमा बस्दै आएका चेतप्रसाद गुरुङको मंगलबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो । ५९ वर्षीय गुरुङ तमुधिँ लण्डन इकाइका वरिष्ठ उपाध्यक्ष थिए ।
इकाइका महासचिव भरत गुरुङका अनुसार करिब दुई साताअघि कामबाट घर फर्कंदा ज्वरो आएको महसुस भएपछि उनी घरमै आइसोलेसनमा बस्दै आएका थिए । करिब ५/६ दिनअघि श्वास फेर्न गाह्रो भएपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएको थियो । पछिल्लो समय उनलाई भेण्टिलेटरमा राखिएको थियो ।
उनी पूर्व गोरखा सैनिक थिए । गोरखा ट्रान्सपोर्ट रेजिमेण्ट (जीटीआर) मा उनले सेवा गरेका थिए । उनको आर्मी नम्बर २११६३२४१ रहेको थियो । उनको एक श्रीमती छन् ।
‘गुरुङ समाजसेवा भनेपछि हुरुक्कै हुने गर्दथे । सकेसम्म कसैलाई दुख दिन खोज्दैनथे’–तमुधिँ लण्डनका पूर्व अध्यक्ष दीपक गुरुङ ‘डेभिड’ले भने । उनको कार्यकालमा चेतप्रसाद तमुधिँ लण्डनका कोषाध्यक्ष थिए ।
उनी लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएका थिए । फोटोग्राफीमा उनको रुचि थियो ।
ईकाइका महासचिव भरत गुरुङ कोरोना भाइरसका कारण यस्तो दु:खको क्षणमा आफ्ना समाजका सदस्यको परिवारमा गएर दु:ख साट्न नपाएकोमा थकथकी मान्छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार