लण्डन । कोरोनाको संक्रमणका कारण लण्डनमा अर्का एक भूतपूर्व गोरखा सैनिकको निधन भएको छ ।
पर्वत पैँयु घर भई हाल लण्डनको अल्पर्टनमा बस्दै आएका चेतप्रसाद गुरुङको मंगलबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो । ५९ वर्षीय गुरुङ तमुधिँ लण्डन इकाइका वरिष्ठ उपाध्यक्ष थिए ।
इकाइका महासचिव भरत गुरुङका अनुसार करिब दुई साताअघि कामबाट घर फर्कंदा ज्वरो आएको महसुस भएपछि उनी घरमै आइसोलेसनमा बस्दै आएका थिए । करिब ५/६ दिनअघि श्वास फेर्न गाह्रो भएपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएको थियो । पछिल्लो समय उनलाई भेण्टिलेटरमा राखिएको थियो ।
उनी पूर्व गोरखा सैनिक थिए । गोरखा ट्रान्सपोर्ट रेजिमेण्ट (जीटीआर) मा उनले सेवा गरेका थिए । उनको आर्मी नम्बर २११६३२४१ रहेको थियो । उनको एक श्रीमती छन् ।
‘गुरुङ समाजसेवा भनेपछि हुरुक्कै हुने गर्दथे । सकेसम्म कसैलाई दुख दिन खोज्दैनथे’–तमुधिँ लण्डनका पूर्व अध्यक्ष दीपक गुरुङ ‘डेभिड’ले भने । उनको कार्यकालमा चेतप्रसाद तमुधिँ लण्डनका कोषाध्यक्ष थिए ।
उनी लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएका थिए । फोटोग्राफीमा उनको रुचि थियो ।
ईकाइका महासचिव भरत गुरुङ कोरोना भाइरसका कारण यस्तो दु:खको क्षणमा आफ्ना समाजका सदस्यको परिवारमा गएर दु:ख साट्न नपाएकोमा थकथकी मान्छन् ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा