लण्डन । प्रोफेसर सूर्यप्रसाद सुवेदीलाई बेलायतको हल विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गरेको छ ।
सुवेदीलाई उनले प्राज्ञिक क्षेत्र र अन्तर्राष्ट्रिय कानून र मानवअधिकार कानूनको विकासमा दिएको योगदानको कदर गर्दै सो उपाधि प्रदान गरिएको जनाइएको छ ।
विश्वविद्यालयका उपकुलपतिबाट सो सम्बन्धी पत्र पाउँदा आफू हर्षित भएको प्रा. सुवेदीले बताए । सो विश्वविद्यालयबाट करिब ३० वर्षअघि सुवेदीले विशिष्ट श्रेणीमा प्रथम भई अन्तर्राष्ट्रिय कानूनमा स्नातकोत्तर गरेका थिए । त्यसपछि उनले अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए ।
गत वर्ष सुवेदीलाई अक्सफोर्ड विश्वविद्यालयले पनि महाविद्यावारिधि उपाधि प्रदान गरेको थियो भने यसवर्ष उनको नाममा दुईवटा वार्षिक पुरस्कार स्थापना गरेको छ ।
नेपालको लमजुङमा जन्मिएका सुवेदीले काठमाडौँको ल क्याम्पस हुँदै बेलायतको हल र अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका छन् । सुवेदीले विभिन्न देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गर्ने गरेका छन् । उनले नेपाल र बेलायत सरकारका अतिरिक्त अन्य संघसंस्थालाई कानूनी सल्लाह दिएका छन् ।
उनका आठवटा पुस्तक र अनुसन्धानमूलक लेखहरु अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशन भएका छन् । उनका कृतिहरु विभिन्न भाषामा प्रकाशित छन् ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने