बेलायतमा एकै परिवारका तीन जनामा कोरोना संक्रमण

sedai
कर्नवाल (बेलायत) । कोरोना भाइरस (कोभिड- १९) संक्रमित भएको खवर नेपालको चितवनस्थित घरमा आमालाई सुनाउने वित्तिकै रुन थाल्नु भयो । आफूसहित श्रीमति र भाईमा कोभिड-१९ पोजेटिभ देखिएपछि अनिल सेढाईले चितवनस्थित घरमा फोन गरि परिवारलाई कोरोना संक्रमित भएको खवर सुनाएपछि आमाले मन थाम्न सक्नु भएन । ‘कोरोनाबाट आफ्ना सन्तानलाई केही भैहाल्छ कि भनेर आमा रुन पो थाल्नु भयो’, अनिलले वीनेपाली डटकमसँग भने ।
श्रीमति मिरा सेढाई र भाई होमराज सेढाईलाई कोभिड १९ भएको अस्पतालले पुष्टी गरेको एक दिन पनि नवित्तै अनिल सेढाई स्वयंलाई पनि कोभिड-१९ पोजेटिभ भेटियो । चितवन पिप्ले घर भएका सेढाई, श्रीमति मिरा र भाई होमराजसहित तीन सन्तान एकै पटक कोरोना संक्रमित भएपछि चितवनमा एक छिन रुवावासी नै चल्यो । अनिलले भने, ‘मैले आमालाई उल्टो सम्झाए । वहाँको मन कहाँ मान्छ र ?’
नेपाल र बेलायत दुवै देशमा लकडाउनकै अवस्था भएपनि आमाको मन यहाँ नै थियो । तैपनि मैले सम्झाउने कोशिस गरे । ‘हामी चाडै निको भैहाल्छांै । आमासँग करीव दुई साता अघि भएको संवाद सम्झदै,’ अनिले भने । त्यसपछि दैनिक आमा र परिवारजनसँग कुराकानी भैरहेको छ । अहिले नियमित सम्पर्कमा हुन थालेपछि वहाँहरु पनि थोरै ढुक्क हुनु भएको छ । ‘कोरोना लागेपछि निको हुदैन भन्ने भ्रम धेरैमा छ, हामीले त्यसलाई चिरेर देखाउनु पर्नेछ ।’ बढो हिम्मतका साथ अनिलले भने ।
त्यसो त उनका आफ्ना जेठो दाजु हेमकान्त सेढाई पनि नजिक फालमाउथमा व्यवसाय गरेर परिवारसहित बसेका छन । व्यवसायसँगै समाजसेवामा सकृय सेढाईले बिराटनगरमा दमकल, अपांगलाई व्हील चेयर वितरणदेखि सन २०१५ सालमा महाभूकम्प जादा जस्ता पातासमेत बाड्न आफै खटिएका थिए । तिनै समाजसेवी हेमकान्त दुई भाई र बुहारीलाई भेट्न जादा भाई अनिलले नै आउन दिएनन् । ‘हामी संक्रमित भैसक्यो, अव वहाँ आउँदा दाजु, भाउजु र वहाँका छोराछोरीलाई थप संक्रमित हुने डर हुन्छ । त्यसले मैले आउन दिइन ।’ अनिले भने ।
अनिल श्रीमति मिरा र भाई होमराजसहित सेन्ट अउस्टेलमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका छन् । उनले एक दिन एक जना नियमित ग्राहकसँग हात मिलाएका थिए । सोही दिनदेखि अनिललाई ज्वरो आउने, टाउँको दुख्ने, खोकी लाग्नेदेखि डायरियासम्म हुन पुग्यो । त्यसपछि उनले कोरोना संक्रमणको आंशकामा १११ मा फोन गरे । तर, उनलाई घरमै बस्न सुझाब दिईयो । अनिलले संक्रमणको आशंका गरेको भोलीपल्टदेखि श्रीमति मिरा र भाई होमराज पनि विमारी परे । उनीहरुलाई पनि कोरोना संक्रमण भएको अनुमान अनिलको थियो ।
दुवै जना सिकिस्त बिमारी परेपछि भाई होमराज र श्रीमति मिरा सेढाईले एम्बुलेन्स बोलाए । दुवैलाई पालै पालो एक घण्टाको अन्तरमा एम्बुलेन्सले रोयल कर्नवाल अस्पताल टुरो लग्यो ।
अस्पताल पुगेपछि चेकजाँच गर्दा दुवैमा कोभिड १९ भएको पुष्टी भयो । पाँच दिनको अस्तापताल बसाई पछि भाई होमराज सेढाई आइतबार सेन्ट अउस्टेलस्थित घरमा फर्किएर र होम आईसोलेसनमा बसेका छन । श्रीमति मिरा भने अझै अस्पतालमै अक्सिजन लिई रहेकी छिन । ‘आज सोमबार ६ दिन भैसक्यो उनी अस्पतालमै छिन, उनले भने, ‘पूर्ण निको भएर आउनेमा म ढुक्क छु ।,
अनिललाई पनि गाह्रो भएपछि अस्पताल गएका थिए । चेकजाँच पछि घरमै आइसोलेसनमा बस्न र कोभिड १९ का लागि एनएचएसले तोकिको नियम पगलन गर्न सुझाब डाक्टरहरुले दिएका छन । उनलाई ज्वरो घटे पनि खोकी लागिरहेको बताए ।
उनले अस्पतालमा आफ्नो बारेमा नियमित जानकारी गराई रहेका छन । अस्पतालमा बेड नभएकाले घरमा बस्नु भनेको छ । यदि गाह्रो भए तत्काल अस्पताल फोन गर्न उनले डाक्टरले सुझाब दिएका छन । अनिल अहिले घरमै आइसोलेनसमा बसेका छन । उनले एनएचएसले दिएको सुझाब अनुसार घरेलु उपचार गरिरहेका छन । भाई होमराज पनि छुट्टै कोठामा आइसोलेनमा छन । कोरोना संक्रमित भएपछि संसारभरबाट साथीहरुले उनलाई ठूलो हिम्मत दिइरहेका छन । आफूहरु छिट्टै ठिक भएर सामान्य अवस्थामा फर्किनेमा अनिल ढुक्क छन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री