कोरोना संक्रमित ब्रिटिश प्रधानमन्त्री अस्पताल भर्ना

प्रधानमन्त्री जोन्सन । तस्बिर- बीबीसी

लन्डन। ब्रिटिश प्रधानमंत्री बोरिस जोनसन कोरोना भाइरसबाट संक्रमणका कारण अस्पताल भर्ना भएका छन् ।

बीबीसीका अनुसार उनलाई परीक्षणका लागि आइतबार अस्पताल भर्ना गरिएको हो ।

उनका प्रवक्ताका अनुसार चिकित्सकहरुको सल्लाहअनुसार प्रधानमन्त्रीलाई अस्पताल लगिएको हो ।

मार्च २७ मा कोभिड-१९ को हल्का संकेतहरु देखिएको थियो र त्यसयता उनी आफ्नै सरकारी निवासमा एकान्तवासमा बसिरहेका थिए ।

सामाजिक सन्जालमा पोष्ट भएका भिडियोहरुमा प्रधानमन्त्रीको अनुहार मलिन देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री