लन्डन । ब्रिटिश महारानी एलिजाबेथ द्वितीयले कोरोना भाइरस महामारी विरुद्धको लडाईमा ब्रिटेन सफल हुने विश्वास व्यक्त गरेकी छिन् । ब्रिटेन तथा राष्ट्रमण्डलको नाममा एक विशेष संदेश दिंदै महारानी एलिजाबेथले घरमै बसीरहेको तथा एक अर्कालाई सहयोग गरेकोमा आफ्ना जनतालाई धन्यवाद दिइन् । उनले सबै देशवासीलाई सरकारको निर्देशन पालना गर्न र घरमै बस्न आग्रह पनि गरिन् ।
टेलिभिजनबाट प्रसारित सन्देशमा ९३ वर्षीय महारानीले एनएचएस् लगायत देश बन्दाबन्दीमा रहेको बेला पनि आवश्यक सेवा संचालन गर्न खटीरहेका ‘कि वर्कर्स’ हरुलाइ धन्यवाद दिइन् । ब्रिटेनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या झन्डै ५ हजार पुग्न लाग्दा ब्रिटिश महारानीले देशवासीका नाममा यस्तो संदेश दिएकी हुन् ।
‘हामीले अझै बढी पीडा खेप्नुपर्ने हुन सक्छ, तर राम्रो दिन फर्कने छन् । हामी फेरी हाम्रा साथीहरुसंग, हाम्रो परिवारसंगसंगै हुनेछौं, हामी फेरी भेट्ने छौं । यदि हामी एकतावद्ध र दृढनिस्चयी भएमा हामीले यो संकट माथि अवश्य पनि जित हासिल गर्नेछौं’, उनले सन्देशमा भनेकी छिन् ।
६८ वर्ष लामो शासन कालमा देशवासीका नाममा महारानीले दिएको यो पाचौं विशेष सन्देश हो । ब्रिटिश महारानीसंग कुनै राजनीतिक शक्ति नभए पनि धेरैले राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीकका रुपमा पनि हेर्दछन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?