लण्डन । बेलायतको प्रमुख प्रतिपक्षी दल लेबोर पार्टीको नेतामा सर कियर स्टामर निर्वाचित भएका छन् ।
पार्टीका नेताका लागि शनिबार घोषित परिणामअनुसार स्टामरले २ लाख ७५ हजार ७८० मत, रेबेका लङ बेलीले १ लाख ३५ हजार २१८ मत र लिसा नन्दीले ७९ हजार ५९७ मत पाएका छन् । पार्टीका कुल ७ लाख ८४ हजार १५१ मतदातामध्ये ४ लाख ९० हजारले मत दिएको बताइएको छ ।
५७ वर्षीय स्टामर पूर्व वकिल हुन् । उनी सन् २०१५ मा पहिलोपटक सांसद निर्वाचित भएका थिए । उनले लेबोर नेता जेरेमी कोर्विनको छायाँ मन्त्रीमण्डलमा विभिन्न पदमा रहेर काम गरेका थिए ।
यसैगरी पार्टीको उपनेतामा एन्जेला राइनर निर्वाचित भएकी छिन् । उनले रोसना अलिन खान र रिचर्ड बर्जनलाई हराउँदै सो पदमा निर्वाचित भएका हुन् ।
गत डिसेम्बरमा सम्पन्न संसदीय निर्वाचनमा लेबोर पार्टीले नराम्रो पराजय भोगेपछि नेता कोर्विनले राजीनामा घोषणा गरेका थिए । यसैगरी उपनेता टोम वाटसनले चुनाव अगावै पनि राजीनामा दिएपछि दुवै पदमा निर्वाचन भएको थियो ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह