बेलायतको लेबोर नेतामा स्टामर निर्वाचित

लण्डन । बेलायतको प्रमुख प्रतिपक्षी दल लेबोर पार्टीको नेतामा सर कियर स्टामर निर्वाचित भएका छन् ।

पार्टीका नेताका लागि शनिबार घोषित परिणामअनुसार स्टामरले २ लाख ७५ हजार ७८० मत, रेबेका लङ बेलीले १ लाख ३५ हजार २१८ मत र लिसा नन्दीले ७९  हजार ५९७ मत पाएका छन् । पार्टीका कुल ७ लाख ८४ हजार १५१ मतदातामध्ये ४ लाख ९० हजारले मत दिएको बताइएको छ ।

५७ वर्षीय स्टामर पूर्व वकिल हुन् । उनी सन् २०१५ मा पहिलोपटक सांसद निर्वाचित भएका थिए । उनले लेबोर नेता जेरेमी कोर्विनको छायाँ मन्त्रीमण्डलमा विभिन्न पदमा रहेर काम गरेका थिए ।

यसैगरी पार्टीको उपनेतामा एन्जेला राइनर निर्वाचित भएकी छिन् । उनले रोसना अलिन खान र रिचर्ड बर्जनलाई हराउँदै सो पदमा निर्वाचित भएका हुन् ।

गत डिसेम्बरमा सम्पन्न संसदीय निर्वाचनमा लेबोर पार्टीले नराम्रो पराजय भोगेपछि नेता कोर्विनले राजीनामा घोषणा गरेका थिए । यसैगरी उपनेता टोम वाटसनले चुनाव अगावै पनि राजीनामा दिएपछि दुवै पदमा निर्वाचन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री