
लन्डन । नेपाली राजदूतावासले अध्ययनका लागि बेलायतका विश्वविद्यालयहरुमा आएका नेपाली विद्यार्थीका लागि स्वेच्छिक रुपमा आर्थिक सहयोग मागेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण बेलायत ‘लकडाउन’ भएपछि नेपाली विद्यार्थीहरुलाई खाना खानै समस्या सिर्जना भएको गुनासो आएपछि दूतावासले आर्थिक सहयोगको पहल अघि बढाएको हो । गत २०१५ सालमा नेपालमा महाभूकम्पका गएको बेला सरकारलाई बेलायतबाट ठूलो आर्थिक सहयोग पठाएको दूतावासले पहिलो पटक नेपाली विद्यार्थीहरुका लागि आर्थिक संकलन गर्न लागेको छ ।
दूतावासले आर्थिक संकलन आव्हान गरे लगत्तै खाना खान अप्ठ्यारोमा परेका विद्यार्थीहरुलाई फोन, इमेल मार्फत तत्काल सम्पर्कमा आउन समेत अनुरोध गरेको छ । आर्थिक सहयोगका लागि दुतावासको इमेल [email protected] तथा उपनियोग प्रमुख शरदराज आरणको मोवाईल नम्बर उपलव्ध गराएको छ । त्यस्तै, तृतीय सचिव तेजेन्द्र रेग्मीको मोवाईल ०७४२७३३०८३७ नम्बरमा सम्पर्क राख्ने समेत आग्रह गरिएको छ ।
दूतावासले पीडित विद्यार्थीहरुलाई नाम, सम्पर्क नम्बर लिएर सहयोग गर्ने र सहयोग लिने दुवैको अभिलेखन गरि उचित समयमा विवरण सार्वजनिक गरि विशेष धन्यवाद व्यक्त गर्ने योजना बनाएको छ ।
एनआरएनए यूकेद्धारा चन्दा संकलन
यसैवीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले पनि विद्यार्थीहरुलगायत ‘कोभिड १९’ बाट पीडितलाई सहयोग गर्ने भन्दै चन्दा संकलन सुरु गरेको छ । इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठको संयोजकत्वमा एनआरएनए यूकेले कोभिड १९ आपतकालिन सहयोग कोष स्थापना गरि चन्दा उठाउन सुरु गरेको हो ।

विस्तृत खाका र योजना बिनै पीडितलाई सहयोग गर्ने भन्दै आर्थिक संकलन गरिएको छ । कति रकम उठाउने र क-कसलाई वितरण गर्ने भन्ने बारेमा स्पष्ट खाका अहिलेसम्म सार्वजनिक गरिएको छैन् । यो समाचार तयार गर्दासम्म ५१ जनाले सहयोगको घोषणा गरेका छन् । जसमा अधिकांश एनआरएनए यूके कार्यसमिति पदाधिकारीहरु, सल्लाहकारहरु र विभिन्न टाक्सफोर्समा बसेका व्यक्ति छन् ।
व्यक्तिहरुद्धारा पनि चन्दा संकलन
यता, बेलायतमा यूनी ल्याडर कन्सल्टेन्सीका सिईओ गणेश खड्काले व्यक्तिगत पहलमा नेपाली विद्यार्थीका लागि चन्दा उठाइरहेका छन् । उनले गत साता सामाजिक संजाल फेसवुकमा आर्थिक संकलन गर्न स्वयंसेवी खोजिरहेको पोष्ट समेत गरेका थिए ।
त्यस्तै, अर्का एक जना विज एजुकेसनका निर्देशक हरी कार्कीले आर्थिक संकलन गरि केही विद्यार्थीलाई वितरण गरिसकेको बताइन्छ । यद्यपि उनले विवरण सार्वजनिक गरेका छैनन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त