लन्डन, (जीएनएन) । ब्रिटिश सांसद तथा लेबर पार्टीका नेता वीरेन्द्र शर्मा कोरोना भाइरसको संक्रमणपछि उपचार गराइ घर फर्केका छन् ।
हाल आफ्नै घरमा आराम गरिरहेका सांसद शर्माले गत साता कोरोना भाइरसका सामान्य संकेत देखिएपछि आफूलाई हिलिंग्डन अस्पतालमा भर्ना गरिएको र जांचपछि आफूमा सो भाइरस रहेको पाइएको बताए ।
एक ट्वीट गर्दै ७२ वर्षीय सांसद शर्माले अहिले आफू संक्रमणबाट मुक्त भएको जनाएका छन् । उनले आफ्नो उपचारमा संलग्न हिलिंग्डन अस्पतालका चिकित्सक, नर्स लगायत एनएचएसलाई हार्दिक धन्यवाद दिएका छन् ।
सांसद शर्माले सबै ब्रिटिश नागरिकहरुलाई घर भित्रै बस्न र भाइरसबाट जोगिन सल्लाह पनि दिएका छन् ।
यसैबीच एनआरएनएका निवर्तमान केन्द्रिय उपाध्यक्ष कुल आचार्यले शर्माको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् । एक संदेशमा उनले भने, ‘नेपाल र नेपालीका शुभचिन्तक एवम् हितैषी, इलिङ्ग साउथहल निर्वाचन क्षेत्रलाई प्रतिनिधित्व गर्नु हुने ब्रिटिश सांसद वीरेन्द्र शर्मा कोरोना भाइरसको संक्रमणलाई जितेर उपचारपछि घर फर्कनु भएको तथा घरमै आराम गरिरहनु भएको खबर सुनेर साह्रै खुसी लागेको छ । म सांसद शर्माको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु ।’
सन् २००७ मा पहिलोपटक ब्रिटिश संसदको तल्लो सदन, हाउस अफ कमन्समा निर्वाचित सांसद शर्मा त्यसयता लगातार पांचपटक निर्वाचित भैसकेका छन् । उनी अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपालका अध्यक्ष पनि हुन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी