
अनायास
अप्रत्यासित
सबै भुवनलाई चकित बनाउदै
के शहर के गाउँ
के विकसित देश
के अविकसित देश
चैत मासाको खडेरीमा
जंगलमा लागेको आगो झैं
कोरना रुपी डढेलो
मानव वस्तीमा दंकी रहेको छ !
१
हात मिलाउन नहुने
अँगालो मार्न नहुने
खुसीले गद गद भएर
साना नानीहरु संग खेल्न नहुने
आमा बुवा, हजुरबा हजुरआमाको
चपक्क काखमा सिरानी राख्न नहुने
आफ्नै ढोका
आफ्नै आँगन र चोटा
आफ्नै पाकशाला र वाचनालय
सबैसंग भयवित हुनुपर्ने
आफ्नै सयन कक्षसंग डराउनु पर्ने
सधैं तर्साउने
सधै झस्काउने
कोरोना रुपी भाइरस
२
धेरैलाई गलाउदै छ
धेरैलाई मिलाउदै छ
टाढा टाढा भएकाहरु
यसैको डरले
कांपेका छन्
फिञ्जिदै गएको मानव सभ्यता
र यसको विकास
यसैलाई
अभिसप्त बनाउदै
नदेखिने कुनाबाट
एकको दुइ र दुइको चार
अंक गणितीय हिसाव गर्दै
सखाप बनाउदै उठेको छ
कोरोना भाइरस
३
आएन अझै कुनै खोप
यसैले चम्किदै छ कोरोना
सोचेनन भने मान्छेहरु
बिनास मच्चाउने सोचमा छ कोरोना
खै कसरी बचाउन सकिन्छ
यति सुन्दर मानव जगत
चिन्ता सोचेर जिम्मेदारीमा
उठोस् एकपटक विश्व सबै एक भएर
छाडून राजनीति स्वार्थका भकारी
हजारौं वर्षा देखि
निरन्तर उठेको मानव विकास र यसको सभ्यता
पाजी कोरोना बन्न हुदैन
कारण नष्टको
जितेर आएकै छ मान्छेले
र लेखेको छ विजयको इतिहास
फेरी जित्ने छ, जित्ने उसको संस्कार हो
आशा भरोसाका किरण उदाइसकेको छ
छिटै हार्नेछ कोरोना
र स्थापित हुनेछ
मानब शक्तिशाली बनेर !
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न