लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएएनए) युके सल्लाहकार तथा नेपाल इन्जिनियर्स एसोसिएसन युके सेन्टरका संस्थापक सल्लाहकार इन्जिनियर केदार पन्तको निधन भएको छ ।
ग्रीनफोर्ड लण्डनस्थित निवासमै शनिबार अस्वस्थ महसुस गरेपछि पन्तलाई एम्बुलेन्स बोलाएर इलिङ अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
पन्तको मृत्युको हृदयघातबाट भएको आशंका गरिएको छ । पन्तको मृत्युको कारण कोरोना हो कि होइन भन्ने तीन दिनपछि मात्र पत्ता लाग्ने छ । उनलाई र्मिगौलासम्बन्धी समस्या रहेको बताइएको छ ।
लम्जुङ्गका पन्त लामो समयदेखि लण्डनमा बस्दै आएका थिए ।
नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) युके केन्द्रका अध्यक्ष तथा एनआरएनए युकेका कोषाध्यक्ष इन्जिनियर तेजेन्द्र रोकाका अनुसार पन्त विगत १० दिनदेखि घरबाटै आइसोसनमा बस्दै काम गर्दै आएका थिए ।
५९ वर्षीय पन्त निर्माण परिकल्पनाकारका रुपमा काम गर्दै आएका थिए ।
पन्तको निधनप्रति नेपाल इन्जिनियर्स एसोसिएशन (एनइए) युके केन्द्रले गहिरो शोक व्यक्त गरेको छ । उनका श्रीमती र एक छोरा छन् । छोरा पनि इन्जिनियर हुन् ।
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द