लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएएनए) युके सल्लाहकार तथा नेपाल इन्जिनियर्स एसोसिएसन युके सेन्टरका संस्थापक सल्लाहकार इन्जिनियर केदार पन्तको निधन भएको छ ।
ग्रीनफोर्ड लण्डनस्थित निवासमै शनिबार अस्वस्थ महसुस गरेपछि पन्तलाई एम्बुलेन्स बोलाएर इलिङ अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
पन्तको मृत्युको हृदयघातबाट भएको आशंका गरिएको छ । पन्तको मृत्युको कारण कोरोना हो कि होइन भन्ने तीन दिनपछि मात्र पत्ता लाग्ने छ । उनलाई र्मिगौलासम्बन्धी समस्या रहेको बताइएको छ ।
लम्जुङ्गका पन्त लामो समयदेखि लण्डनमा बस्दै आएका थिए ।
नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) युके केन्द्रका अध्यक्ष तथा एनआरएनए युकेका कोषाध्यक्ष इन्जिनियर तेजेन्द्र रोकाका अनुसार पन्त विगत १० दिनदेखि घरबाटै आइसोसनमा बस्दै काम गर्दै आएका थिए ।
५९ वर्षीय पन्त निर्माण परिकल्पनाकारका रुपमा काम गर्दै आएका थिए ।
पन्तको निधनप्रति नेपाल इन्जिनियर्स एसोसिएशन (एनइए) युके केन्द्रले गहिरो शोक व्यक्त गरेको छ । उनका श्रीमती र एक छोरा छन् । छोरा पनि इन्जिनियर हुन् ।
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न