बेलायतमा कोभिड १९ बाट मर्नेको संख्या १०१९, घरैमा सुरक्षित बस्न राजदूतको सन्देश

लन्डन । बेलायतमा शनिबारसम्म कोभिड १९ बाट मर्नेको संख्या १०१९ पुगेको छ । शुक्रबार यो संख्या ७५९ रहेकामा एकैदिन २६० जनाले ज्यान गुमाएका हुन् ।

यसैबीच, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतवासी नेपालीलाई घरैमा सुरक्षित रहन अपिल गरेका छन् । बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमण तीव्र फैलिरहंदा राजदूत सवेदीले शनिबार व्यक्तिगत सन्देश पठाएका हुन् ।

बेलायत सरकारले पनि अहिले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सरसफाइमा जोड दिइरहेको छ । बेलायत गत सोमबारदेखि ‘लकडाउन’ को अवस्थामा छ । अटेर गरे प्रहरीलाई जरिवाना तिराउन सक्ने अधिकार दिइएको छ ।

बेलायतमा रहेका नेपालीहरुलाई कोरोना भाइरसको महामारीका बारेमा सूचना आदानप्रदान, आवश्यक सहयोग र समन्वय गर्न दूताबासले विभिन्न समिति गठन गरेको छ । राजदूत सुवेदीको अध्यक्षतामा कोरोना प्रकोप सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति र अन्य विषयगत समितिहरु गठन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री