‘लकडाउन’ का बेला म्युजिक नेपालको सस्तोमा नेपाली चलचित्र र गीत-संगीत अफर

लण्डन । नेपालमा कला संस्कृतिको प्रबर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको म्युजिक नेपाल प्रालिले संसारभरिका प्रवासी नेपालीहरुले घरमै बसीबसी ताजा नेपाली समाचार र लोकप्रिय नेपाली चलचित्रहरु हेर्न सक्ने तथा मनै छुने गीतसंगीत सुन्न सक्ने अफर ल्याएको छ 

शुरुमा प्रति महिना ७.९९ पौण्ड शुल्क राखिएकोमा कम्पनीले ग्राहकहरुको चाहनालाई ध्यानमा राख्दै शुल्क घटाएर मासिक २ पौण्ड राखिएको म्युजिक नेपालले जनाएको छ । ‘लकडाउन’ का बेला नयाँ अफरले ग्राहक लाभान्वित हुने विश्वास कम्पनीको छ । 

नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा शुरु गरेको म्युजिक नेपालले नेपाल अन डिमान्ड’ नामक मोबाइल एप मार्फत नेपालका प्रमुख टेलिभिजन च्यानलहरुको प्रत्यक्ष भिडिओ स्ट्रिमिङदर्शकहरुले रुचाएका नेपाली चलचित्रस्रोताहरुको रुचीलाई ध्यानमा राखेर तयार गरिएका गीतसंगीतहरुको संग्रह लगायत सामग्री एचडी फर्म्याटमा उपलब्ध भएको जनाएको छ । त्यस्तै हरेक हप्ता नयाँ चलचित्र तथा गीतसंगीतहरु उपलब्ध छन्। 

www.nepalondemand.com  मा गएर निशुल्क परीक्षणकोलागि दर्ता गरी आफ्नो एन्ड्रोइड वा आइओएस उपकरणमा एप डाउनलोड गर्नुपर्नेछ । त्यसप‌छि आफ्नो युजरनेम र पासवर्ड राखेर ‘लग इन’ गरेपछि उच्च गुणस्तरको नेपाली टिभी तथा मनोरन्जन कार्यक्रमहरु हेर्न सकिन्छ ।

विश्वभरि नेपाली समुदायसम्म पुग्ने गरी नेपालको पहिलो टिभी तथा भिडिओ स्ट्रीमिङ सेवा उपलब्ध गराउन  पाउँदा हामीलाई निकै खुसी लागेको छ। संसारभरि बसोबास गर्नुहुने नेपाली समुदायलाई मातृभूमिसंग जोडन यो सेवा सफल हुनेमा हामी विश्वस्त छौं’- म्युजिक नेपाल प्रालिका अध्यक्ष सन्तोष शर्माले भने ।

यसबाहेक सबै च्यानलहरुमा छुटेका कार्यक्रम १२ घन्टासम्म हेर्न मिल्ने सुविधाभिडिओ कन्ट्रोलपहिले छाडेकै ठाउँबाट चलचित्र हेर्न मिल्ने त्यसैगरी क्रोमकास्ट र एपल एअरप्ले प्रयोग गरी आफ्नो टेलिभिजन सेटमा सबै च्यानल तथा अन्य सामग्रीहरु हेर्न सकिनेछ । त्यस्तै क्याचअप टिभी प्रयोगगरी ग्राहकहरुले गएको १२ घन्टामा छुटेको कुनैपनि कार्यक्रम हेर्न सक्नेछन् ।

समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने आफ्नो मान्यता अनुरुप म्युजिक नेपालले नेपाल अन डिमान्डका प्रत्येक ग्राहकबाट प्रति महिना प्राप्त हुने शुल्कको ७.५ प्रतिशत नेपालीहरुले नै शुरु गरेको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कलाई प्रदान गर्दै आएको छ ।

यो सेवा प्रदान गर्न अत्याधुनिक स्ट्रीमिङ प्रविधि प्रयोग गर्नुकासाथै अनुमति लिइसकेपछि मात्र नेपाली चलचित्र तथा सांगीतिक सामग्रीहरु प्रयोग गरिने भएकाले यसले नेपाली चलचित्र जगत तथा सांगीतिक उद्योगलाई मद्दत पुग्ने म्युजिक नेपालले जनाएको छ ।

‘नेपाल अन डिमान्ड’ एप एन्ड्रोइड र आइओएस फोनहरुएन्ड्रोइड र आइओएस ट्याब्लेटएप्पल एअरप्ले सपोर्टक्रोमकास्ट सपोर्टएमेजन फायरस्टिक एप र एन्ड्रोइडमा आधारित धेरैजसो सेटटप बक्सहरुमा पनि उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री