आफू पनि बाँचौँ अरुलाई पनि बचाऔं । अहिले कोरोना भाइरसले विस्वलाई त्रसित बनाएको अवस्था छ । त्यसैले हामीले यस स्थितिमा हाम्रो क्षेत्रमा यस भाइरसबाट सजग रहन र सहयोगको खाँचो रहेकाहरुलाई सहयोग गर्न यहाँको स्थानीय सरकार अनि सहयोगी समूहहरुसँग मिलेर काम गरिरहेका छौँ ।
पहिलो कुरो त हामी सबैले एनएचएस अनि सरकारले जारी गरेको सूचनाहरुलाई पालना गरौं । खाना अनि औषधिबाहेक किनमेलको लागि बाहिर ननिस्कौँ । कसरत गर्न जानु हुन्छ भने दुईजना भन्दा धेरै नजाऊँ । त्यसरी जाँदा एक आपसमा २ मिटरको दुरी राखौं । घरैमा सकेको कसरत गरौँ । बीएफबीएस रेडियोले कोरोना भाइरससम्बन्धी जारी गरिएको सूचना सुनौँ, अनि पालना गरौँ । सानो मन नगरौँ, हासी खुसी रहौँ । अहिलेको स्थितिमा सबै कार्यालय जीपीहरुले घरैबाट काम गरिरहेका छन् । त्यसैले सबै ठाउँहरुमा फोनमार्फत काम हुन थालेकाले यहाँहरुलाई सजिलो होस् भनेर सम्पर्क नम्बरहरु उपलब्ध गराउन लागिएको छ ।
१. जीपी: रसमुर क्षेत्रका जीपीहरुमा प्राय नेपालीहरु ‘रिसेप्सनिष्ट’ छन् जुन जीपीमा नेपाली छैनन्, हामीले स्वयंसेवक उपलब्ध गराएका छौँ । त्यसैले फोन गर्दा नेपालीमा भन्नुस् स्वयंसेवकले तपाइँको कुरा डाक्टर नर्ससम्म पुरयाइदिनु हुनेछ ।
२. गोरखा वेलफेर एडभाइस सेन्टर अल्डरसटबाट तपाईहरुको पेन्सनलगायत अरु समस्याहरुकाबारेमा सल्लाह लिनु परे यी व्यक्तिहरुलाई दिइएको नम्बरमा सम्पर्क गर्नुहोला ।
क्याप्टेन महेन्द्र लिम्बु- 07886 397889
अनरेरी लेफ्टिनेण्ट तुलबहादुर गुरुङ- 07882 731986
सोमबारदखि शुक्रबार बिहान ९ देखि ५ बजेसम्म । दिउँसो साढे १२ देखि साढे १ सम्म खाजाको ब्रेक हुनेछ ।
३. सिटिजन एडभाइस ब्यूरो अल्डसरट र फार्नब्रो: तपाईहरुको कुनै समस्या भए, सल्लाह लिन परेमा वा अपोइन्टमेन्ट भए निम्न व्यक्तिहरुलाई सम्पर्क गर्नु होला ।
एलिजा गुरुङ वा बिक्रम थापा: सल्लाह लिनुपरेमा 01252 894280 दुर्ब्यबहारको उजुरी गर्नपरेमा 07741 261387 सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि ३ बजेसम्म
४. काउन्सिलमा भत्ताका लागि: तपाईहरुको भत्तालगायत छुट्टीबाट फर्केको जानकारी गराउन परेमा यो 01252 398914 नम्बरमा फोन गर्नुहोला ।
५. बाँकी अरु विभिन्न खाले समस्याहरु परेमा अनि सहयोग चाहिएमा हाम्रा सदस्यहरुलाई सम्पर्क गर्नु होला । हामीसंग धेरै स्वयंसेवीहरु हुनुहुन्छ । उहाँहरुसंग मिलेर तपाईहरुलाई मद्दत दिनेछौँ । साथै हामी काउन्सिलसँग पनि मिलेर काम गरिरहेको हुनाले त्यहाँबाट पाउने मद्दत पनि दिलाउने छौँ ।
हाम्रो सम्पर्क नम्बरहरु-
रामधन राई: 07727027949 नेम थापा: 07809 430725 प्रमिला लाबुङ राई: 07889 922015
हाम्रो वेभपेजमा पनि जानकारीहरु राखिएको छ । धन्यबाद
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल