सोमबार, चैत १७ २०७६ | Mon, March 30, 2020
नेपालको समय: २२:४० | UK Time: 17:55

साउथ इष्ट लण्डनमा नेपाली युवाको निधन

विनेपाली
२०७६ चैत १० गते १२:०९

लण्डन । साउथ इष्ट लण्डनको प्लमस्टिडमा बसोबास गर्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको निधन भएको छ ।
उनलाई निवासमै अस्वस्थ भएपछि एम्बुलेन्स बोलाई शनिबार क्वीन एलिजावेथ अस्पताल, वुलवीच लण्डन लगिएको थियो । गए राति उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

चितवन बसैनी घर भएका अर्याल करिब २३/२४ वर्षदेखि लण्डनमा बसोबासरत रहेको बुझिएको छ । चितवन एड ट्रष्ट युकेका अध्यक्ष जीवन सेनका अनुसार परिवारलाई अस्पतालले उनको निधन भएको जानकारी दिए पनि शव हेर्न दिएको छैन ।

उनी श्रीमती र एक छोरा, एक छोरीका साथ लण्डनमा रहेको बुझिएको छ । उनको मृत्युको कारण पत्ता लाग्न ७२ घण्टा लाग्ने बताइएको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक