लन्डन । कोभिड -१९ अर्थात् कोरोना भाइरसका कारण नेपाली समुदाय र खासगरी वृद्धवृद्धाहरुलाई पर्न सक्ने समस्यामा मद्दत गर्न रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस ) ले स्वयंसेवी प्रयास शुरु गर्ने भएको छ । नेपाली, भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारहरुको बाक्लो बसोबास रहेको साउथ इस्ट लन्डन र खासगरी रोयल ग्रीनवीच बरो क्षेत्रमा बसोबास गर्ने समाजसेवीहरूले त्यस्तो अभियान शुरु गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्न ब्रिटिश सरकारले सबै जनतालाई भिडभाडमा नजान, अनावश्यक यात्रा नगर्न र सकभर घरमै बस्न सुझाव दिइरहेका बेला स्थानीय आरजीएनएसका पदाधिकारी, सदस्य र सल्लाहकारहरुले त्यस्तो पहल शुरु गरेका हुन् । कोरोनाका कारण संस्थाले हरेक वर्ष मनाउदै आएको नेपाली नयाँ वर्षको पूर्वघोषित कार्यक्रम समेत नगर्ने भएको छ ।
संसारलाई नै त्राहि त्राहि बनाउने सरुवा रोग कोरोना भाइरसबाट बच्न र अरुलाई पनि बचाउन खासगरी वृद्ध वृद्धाहरुलाई आवश्यक मद्दत गर्ने उद्देश्यले स्वयम्सेवी अभियान शुरु गरिएको संस्थाकी महासचिव मन्जु भण्डारीले बताइन् । यदि कोही क्वारेन्टाईनमा हुनुहुन्छ र घरमा सामानहरु सकिएको छ भने सपिङ गरेर ढोकामा राखिदिने, वहाँहरुलाई फोनबाट हुन सक्ने सरसल्लाह र सुझाव दिने र चाहिने साधारण औषधिहरु किनेर ढोकामा राखिदिने लगायतका सहयोग गर्ने उनको भनाइ छ।
सस्थाका उपाध्यक्ष्य जित रानाभाटले एनएचएस तथा १११ हेल्पलाइन जस्ता आधिकारिक निकायको विकल्पमा नभई आफ्नो समुदायलाई सक्दो सहयोग उपलब्ध गराउन यस्तो प्रयास शुरु गरिएको जनाए । “१११ मा फोन गर्दा लामो समयसम्म पनि फोन नउठ्ने समस्या देखिएकोले हामीले एक अर्कालाई सक्दो सहयोग र सुझाव दिन जरुरी भएको छ,” उनले भने । रानाभाटका अनुसार ग्रीनवीच बरो काउन्सिलले समेत नेपाली समुदायलाई लक्षित गरी एकजना काउन्सिलरलाई सम्पर्क व्यक्ति तोकेको र काउन्सिलले समेत सक्दो सहयोग गर्ने बताए ।
अध्यक्ष, महासचिव लगायतका धेरै जना महिला पदाधिकारी र सदस्यहरु रहेको आरजीएनएसले महिला, बालबालिका र वृद्धहरुलाई सकेसम्म आवस्यक सहयोग गर्ने संस्थाकी अध्यक्ष्य शर्मिला हिराचन थकालीको कथन छ । संस्थाले स्थानीय क्वीन एलिजाबेथ हस्पिटल वुल्विच र लुइसम हस्पिटलमा रहेका बिरामी र तिनका परिवारलाई स्थानीय नेपाली स्वास्थ्यकर्मी, नर्श तथा स्वयंसेवीहरुद्वारा दोभाषे लगायत सहयोग तथा सेवा समेत प्रदान गरिने जनाइएको छ ।
उपरोक्त सेवा र सहयोगका लागि निम्नलिखित व्यक्तिहरुलाई टेलिफोनमार्फत सम्पर्क गर्न सकिने रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) ले जनाएको छ ।
शर्मिला शेरचन थकाली : 07532618835
जित रानाभाट : 07729398787
मंजु भण्डारी खरेल 07792342583
ज्योत्सना बस्नेत : 07912607859
समिर भट्टराई : 07465608487
खेम शर्मा : 07988897164
अन्जना थापा : 07896718751
श्रद्धा थापा: 07823448863
बिपिन निरौला : 07908717730
(यो समाचार सामग्री कोरोना भाइरसबाट युकेस्थित नेपाली समुदायलाई सचेत तुल्याउन र आवश्यक सहयोगका लागि नेपाल पत्रकार महासंघ युके शाखाको पहलमा शुरु गरिएको अभियानअन्तर्गत तयार पारिएको हो ।)
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल