कोरोना तिमी अदृश्य छौ
तर शक्तिशाली छौ
विश्वको महाशक्तिहरु
तिमीसंग डराएर
आफैं नाकाबन्दी गरेका छन्
तिमीलाई हराउन र लडाउन
तिम्रो उपस्थिति निस्तेज पार्न
अरबौं डलर खर्च गरेका छन्
तर तिमी अझै बलियो हुँदै
रात दुई गुणा, दिन चार गुणाको दरमा
आफ्नो बिस्तार गर्दैछौ ।
विश्वलाई घेराबन्दी पार्ने तिमी कोरोना
आम मानिसले तिम्रो प्रभाव देखेपनि
तिमीलाई देखेका छैनन्
मानिसहरुलाई तिम्रो आकृति र रंग हेर्ने मन छ
सबैको मनमा कौतुहल छ
प्रश्न माथि प्रश्नहरु छन्
तिमी कस्तो छौ ?
किन यति निर्दयी बनेको तिमी कोरोना ?
तिम्रो मनमा अलिकति पनि दया छैन है ?
सबैलाई त्रसित पार्ने तिम्रो नियत के हो ?
कति समयसम्म हाम्रो पिछा गर्ने ?
कति तहसनहस गर्ने?
आदी इत्यादी प्रश्नका पोकोहरु बोकेर
मनमा भय र अनिश्चितता बोकेर
सबै त्रसित बनेका छन्
केवल तिम्रो उपस्थितिले
मर्ने र बाँच्ने दोसाधमा बसेका छन् ।
कोरोना तिम्रो उपस्थितिले
अनिश्चय छ चारैतिर
मनमा भय छ
जीवनका गन्तव्यहरु अबरुद्ध छन्
विकासको गति ठप्प भएको छ
कयौंको घरबार गएको छ
कोरोना तिमी अदृश्य भएपनि
तिम्रो प्रभाव, रवाफ र हैकम
सबैतिर प्रष्ट देखिएको छ
तिम्रो उपस्थितिले
कतिको ज्यान गएको छ
कति अस्पतालको शैयामा छटपटाएका छन्
धेरैको बेहाल भएको छ
आफ्नो ब्यापार ब्यबसाय गुमाउनेको के कुरा गर्नु ?
जागिरबाट हात धुनेहरुलाई कति गन्नु ?
कोरोना तिम्रो यो निर्दयी स्वरुपले गरेको बर्वादीले
अब सिमा नाघिसक्यो
हाम्रो प्रार्थना छ
सादर बिन्ति छ
कोरोना कृपया अब तिमी अलप भइदेउ
विश्वबाट टाढा गइदेउ
हाम्रो प्रार्थना सुनेर
सधैको लागि बिदा भइदेउ ।
७ चैत २०७६, आइतबार (२० मार्च २०२०)
डार्टफोर्ड, बेलायत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न