लन्डन । प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानवअधिकार र विद्यावारिधि सम्बन्धी दुईवटा वार्षिक पुरस्कार स्थापना गरिएको छ । पहिलो पुरस्कार सो विश्वविद्यालयको स्नातक तहको मानवअधिकार कानूनमा सर्वोत्तम अंक प्राप्त गर्ने व्यक्तिलाई प्रदान गरिनेछ । दोश्रो पुरस्कार कानूनमा सर्वोत्कृष्ट विद्यावारिधिको शोधग्रन्थ प्रस्तुत गर्नेलाई प्रदान गरिनेछ ।
आफ्नो नाममा एउटा प्रतिष्ठित विश्वविद्यालयमा यस्ता पुरस्कार स्थापना भएकामा प्राध्यापक सुवेदीले प्रसन्नता व्यक्त गरे । यी पुरस्कारले प्राध्यापक सुवेदीले मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनको विकासमा दिएको विशिष्ट योगदानलाई चिरकाल पर्यन्त जीवन्त राख्ने विश्वास गरिएको छ ।
प्रा. सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९९३ मा विद्यावारिधि हासिल गरेका थिए । उनले अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको क्षेत्रमा असाधारण योगदान दिएको भनि गत वर्ष उनलाई अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो ।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण