
लण्डन । नेपाल सरकारले शनिबार (१४ मार्च) बाट लागू हुने गरी ९० दिनका लागि पर्यटक भिसा बन्द गरेपछि प्रवासमा रहेका नेपाली मूलका प्रवासीहरु अलमलमा परेका छन् ।
कोरोना भाइरसको त्रासका कारण पर्यटकहरुलाई त्रिभुवन विमानस्थलमा दिइँदै आएको प्रवेशाज्ञा नेपाल सरकारले ३० अप्रिलसम्मका लागि बन्द गरेको छ । नेपाल जान हवाइ टिकट लिइसकेको अवस्थामा नेपाल सरकारको अचानकको निर्णयपछि विमानस्थलमै भिसा लिने योजनामा रहेकाहरु अहिले टिकट रद्द गर्ने कि के गर्ने अन्यौलमा छन् ।
नेपाल सरकारले त्रिभुवन विमानस्थलबाट भिसा दिन रोके पनि विदेशस्थित नेपाली नियोगहरुबाट नेपालको भिसा दिन भने रोकिएको छैन । यसबारेमा लण्डनस्थित नेपाली दूताबासका प्रवक्ता शरदराज आरणसित जिज्ञासा राख्दा उनले भने, ‘नेपाल सरकारको निर्णयको आशय अत्यावश्यकबाहेक अन्य अवस्थामा नेपाल नजानु भन्ने हो तर नेपाल नगई नहुने अवस्था छ भने नेपाल पुग्ने दिनको बढीमा सातदिन अघि जारी निरोगिताको प्रमाणपत्र पेश गरी नेपालको भिसा लिन सकिन्छ ।’
नेपाल पुगेपछि १४ दिनसम्म ‘क्वारेन्टाइन’ मा बस्नुपर्ने पनि उनले बताए । निरोगिताको प्रमाणपत्रसहित भिसा आवदेन गरेको आधा घण्टामै लण्डन दूताबासले भिसा दिने पनि उनले प्रष्ट पारे । गैरआवासीय नेपाली परिचयपत्र लिएका नेपालीको हकमा पनि निरोगिताको प्रमाणपत्र र १४ दिन ‘क्वारेन्टाइन’ बस्नुपर्ने प्रावधान लागू हुनेछ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण