के तिमी उही हो उही ?
जो दोबाटोमा आँखा बिछ्याई
मेरो पदचिन्हको आशामा
प्रतिक्षारत हुन्थ्यौ
हो तिमी उही हो उही
जो घन्टौ लगाएर लेखेको
प्रेमपत्रले घायल हुन्थ्यौ
नियालेर हेर्दा लाग्छ
हो तिमी उही हो उही, त्यही उही
भन्छन् ज्ञानीगुनीले
शरीर माथिको विजय
बजारमा पनि पाइन्छ रे
म भन्छु,
आत्मा माथिको स्वामित्वमा पो प्रेमले उत्कर्ष छुन्छ
अरू के भनुं र म,
मेरो अमुल्य मान्छे तिमी,
प्राप्तिको तृष्णा मेरो गन्तब्य पटक्कै हैन्
बरु प्रेमको शिखरमा आरोहण गरेर
प्रेमिल भएर स्वर्गीय हुने मेरो चाहना हो
मन बारम्बार एउटा प्रश्नमा गएर अड्कन्छ
समयको कालचक्रमा घुमीघुमी
एउटै प्रश्न सोध्छ,
तिम्रो अस्तित्वलाई सुक्ष्म रुपले परीक्षण गर्छ
अनि सोध्छ
के तिमी उही हौ ? त्यही उही
जो मलाई प्रेम गर्न सिकाउने उही
कि जो पागल प्रेमी बन्न सिकाउने उही
के तिमी उही हौ, त्यही उही
जो मेरो एक झलक पाउन दिनरात नभनि कुर्ने उही
हो तिमी उही हौ उही
मेरो मनले भन्छ उही हो उही
नितान्त मेरो उही
त्यो तरंगित मुस्कान मै
हजारौ प्रश्नको उत्तर साटासाट गर्ने उही
त्यो एक नजर मै
मुटुभित्र पसेर
भावनाहरुलाई मन्थन गर्ने उही
त्यो प्रित र गीतको भाका खोज्दै
अन्तरा र मुखडाको विभाजन गर्ने उही
अरु कसको हुन सक्छौ र तिमी ?
मेरो तिमी, हो मेरो तिमी…
मनले निश्चय गरेर भनि सक्यो
हो तिमी, उही हो मेरो उही,
निर्णय, उही हो उही
मेरो नितान्त उही
सप्रेम
७ मार्च २०२०, लन्डन
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता