
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्र्यि समन्वय परिषद् अध्यक्ष कुमार पन्तले बेलायतमा आफुलाई कालो झण्डा देखाइएको प्रति असन्तुष्टी व्यक्त गरेका छन् ।
एनआरएनए यूकेको १५ औं स्थापना दिवसको कार्यक्रममा अतिथिका रुपमा सहभागी हुन आएका एनआरएनए अध्यक्ष पन्तलाई बेलायतमा पहिलो पटक कालो झण्डा देखाइएको हो । चार महिना अघि एनआरएनए आईसिसि अध्यक्ष भएका पन्तले यूकेमा प्रदर्शन आफूलाई राम्रा नलागेको बताए ।”यूके बसाईका क्रममा यहाँहरुले धेरै सिक्नु भएको होला । यस प्रकारको प्रदर्शन ८२ शाखा मध्ये यूकेमा मात्र देखेँ । दु:ख नमान्नु होला”, अध्यक्ष पन्तले भने, “मेरा लागि जिन्दावाद र मूर्दावादका नाराहरु सामान्य हो ।”
अध्यक्ष पन्तले एनआरएनए यूके नेतृत्वले पनि आलोचनालाई स्वागत गर्न नसकेकोप्रति गुनासो गरे । उनले प्रजातान्त्रिक तवरले गरिने छलफल र आलोचनालाई सुनेर सवैलाई समेटन बेलायतलाई सुझाए ।
एनआरएनएले तीन पुस्ताका लागि राजनैतिक अधिकारवाहेकका नागरिकता पाउने सुनिश्चितता भैसकेको उनले बताए । नेपालको अर्थतन्त्रमा सहयोग गर्ने खाडीका नेपालीहरुप्रति धेरै काम गर्न नसकेको उनको भनाई थियो । अध्यक्ष पन्तले संयुक्त लगानी, स्मार्ट एनआरएनएमार्फत धेरै पैसा बोकेर अध्यक्ष, उपाध्यक्ष र महासचिव हुने परम्परालाई अन्त्य गर्ने बताए । “काठमाडौं जांदा टिकट काट्नु पर्ने र उल्टो पैसा दिनु पर्ने अवस्थाको अन्त्य गर्छु “-अध्यक्ष पन्तले भने, “घरबाटै भोट हाल्ने व्यवस्था गर्दै एनआसीसी र आईसिसिलाई आर्थिक पारदर्शीता अपनाउने व्यवस्था गर्छु ।”
पन्तले एनआरएनएलाई विशुद्ध सामाजिक संस्थाका रुपमा विकास गर्न लागेको बताए । कार्यक्रमका प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले नेपालीहरुको एकतामा जोड दिए ।
यसैवीच, एनआरएनए यूके आर्थिक घोटाला छानवीन नगरि समुदायसँग आर्थिक संकलन गरि कार्यक्रम गरिएको भन्दै अध्यक्ष पन्तलाई कालो झण्डा देखाइएको छ । क्षमता ढकाल र पूर्व गोरखाका परिवारले कार्यक्रम भैरहेको अल्डसटस्थित एम्पायर हलभित्रै व्यानरसहितको कालो झण्डा देखाएका हुन् ।
व्यानरसहित उपस्थित भएका महिलाहरुले ‘चार करोड घोटाला छानवीन गर’, ‘कुमार पन्त फिर्ता जाउ’ भन्दै नारा लगाए । कार्यक्रम स्थल पछाडि कालो व्यानरसहितको विरोध कार्यक्रम भइरहंदा कोप सदस्यमा परेका हेम गुरुङ, ह्यारी गुरुङलगायतले उनीहरुलाई वाहिर जान आग्रह गरेका थिए । यसक्रममा उत्तेजित समेत भएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

त्यस्तै, कार्यक्रममा एनआरएनए यूके अध्यक्ष गुरुङले केन्द्रीय अध्यक्ष पन्तलाई सम्मान गरेकी थिइन् । आइसीसी अध्यक्ष पन्त र एनसीसी अध्यक्ष गुरुङले महासचिव हेमराज शर्मा, यूरोप उपसंयोजक कृष्ण तिमल्सेना, मानार्थ सदस्यहरु, आइसीसी सदस्य र सल्लाहकारलाई संयुक्त रुपमा सम्मान गरेका थिए ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा