लण्डन । नेपाली राजदूतावास लण्डन र शान्ति नेपाली समाज बेलायतको संयुक्त आयोजनामा बर्मिङ्घममा नेपालको पर्यटन प्रवर्धन गर्न २ मार्च २०२० मा एक विशेष कार्यक्रम गरिएको छ ।
कार्यक्रममा प्रमुख अथिति स्याण्डवेल काउन्सिलका मेयर डा. एन जारोनले आफ्नो नेपाल भ्रमण स्मरण गर्दै आफू सधैं नेपालको प्राकृतिक, साँस्कृतिक तथा अन्य विविधताप्रति मोहित भएको र व्रिटिश नागरिकहरुलाई नेपाल भ्रमण गर्न सधैं प्रोत्साहन गरिरहने जानकारी गराउनु भएको थियो ।
नेपाली राजदूतावासका उपनियोग प्रमुख शरदराज आरणले कोरोना भाइरसको संक्रमणमा भैरहेको विस्तारले हाल ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रम स्थगित गरिएपनि आफ्नो अनुकुलता र भ्रमण गर्ने वातावरण तयार भएपछि नेपाल भ्रमण गर्न अनुरोध गर्नुभएको थियो ।
उक्त कार्यक्रममा पवन कंडेलले नेपालको ऐतिहासिक पक्षका साथै प्राकृतिक, साँस्कृतिक सुन्दरता लगायत विषयमा एक प्रस्तुति गर्नुभएको थियो । ब्रिटिश नागरिक एडी वोयनले आफूले नेपाल भ्रमण गर्दा देखेका सुन्दर पक्षहरुको बारेमा प्रकाश पार्दै आगामी दिनमा नेपाल भ्रमण गर्न अपिल गर्नुभएको थियो ।
सो कार्यक्रममा शान्ति नेपाली समाज बेलायतका उपाध्यक्ष श्रीमती जयन्ती थापाले स्वागत मन्तव्य र अध्यक्ष लिला थापाले समापन मन्तव्य व्यक्त गर्दै शान्ति नेपाली समाज नेपालको पर्यटन प्रवर्धन गर्न उत्साहित रहेको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा विभिन्न स्थानीय कलाकारहरुले नृत्य र झाँकी प्रस्तुत गर्नुका साथै नौमती बाजा समूहले विशेष संगीत प्रस्तुत गरी अथितिहरुको स्वागत गरेको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अथिति लगायत अन्य काउन्सिलर र अथितिहरुलाई नेपालको पर्यटन प्रवर्धन सामाग्री प्रदान गरिएको थियो । सो अवसरमा समाजले क्यान्सर रिसर्च यूकेलाई २७६ पाउण्ड चन्दा समेत प्रदान गरेको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण