लन्डन । ब्रिटिश सेनाका लागि छानिएका ४३२ नेपाली युवा बेलायत आइपुगेका छन् । यो सन् १९८५ यताकै सबैभन्दा ठूलो संख्या हो । गत वर्ष ४०० नेपाली बेलायत आएका थिए ।
ब्रिगेड अफ गोर्खाजमा संख्या बढिरहंदा नयां इन्टेकमा भर्ती भएर आएका ति युवालाई क्याट्रिक ग्यारिजनमा ९ महिने कडा प्रशिक्षण दिइनेछ ।
बेलायत आएका युवाले गोर्खा बन्ने आफूहरुको सपना साकार भएकामा खुशी व्यक्त गरेका छन् । चिसो मौसम सामना गर्नु परेपनि आफूहरु नयां परिवेश र जीवनमा घुलमिल हुन उत्साहित भएको उनीहरुको प्रतिक्रिया छ । ‘म वास्तविक गोर्खा बन्न बेलायतमा छु जुन मेरो सपना थियो’, प्रशिक्षणरत राइफलम्यान प्रशान्त राईले मिडियासंग खुशी सांटे । ।
यस वर्ष ब्रिटिश सेनामा भर्ती हुन नेपालभरबाट करिब १२ हजार जनाले निवेदन दिएका थिए । नयां इन्टेक बेलायत आउनु केही साताअघि ब्रिटिश आर्मी चिफ जनरल सर मार्क कार्लटन स्मिथले पोखरामा गोर्खा भर्ती अवलोकन गरेका थिए ।
ब्रिटिश आर्मी अन्तर्गत ब्रिगेड अफ गोर्खाज्मा करिब ३ हजार गोर्खा कार्यरत रहेको बताइन्छ ।
सन् १८१५ देखि ब्रिटिश सेनामा गोर्खाहरुको प्रवेश भएको हो । गोर्खाहरु इराक, अफगानिस्तान, बाल्कन्स् लगायत युद्दमा समेत अग्रपंक्तिमा रहेर लडेका छन् ।
उता, भूतपूर्व गोर्खा सैनिकहरु भने आफूमाथि ऐतिहासिक अन्याय र भेदभाव भएको भन्दै लामो समयदेखि आन्दोलनरत छन् । विशेष गरि गोरा सैनिक सरह समान पेन्सन, क्षतिपूर्ति र अन्य सुविधा उनीहरुको माग छ ।
केही साताअघि नेपालको पराराष्ट्र मन्त्रालयले सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि पुनरावलोकन प्रस्तावसहित बेलायत सरकारलाई औपचारिक पत्र पठाएपछि भूतपूर्व गोर्खा आशावादी देखिएका छन् ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले द्विपक्षीय सम्झौताबाट नै गोर्खा समस्या समाधान र नेपालको स्वभिमान पनि उंचो रहने बताएको छ । गेसो केन्द्रिय सभापति कृष्णकुमार राईले द्विपक्षीय सन्धिका आधारमा भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न माग गर्दै बेलायतले एउटा सार्वभौम नागरिकका रुपमा गोरखा सैनिकलाई समानताको सिद्दान्तका आधारमा व्यवहार गरिनुपर्ने बताउंछन् ।
आफ्ना माग पुरा नभए भोक हड्ताल गर्ने चेतावनी दिएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले पनि नेपाल सरकारको औपचारिक पत्रपछि आन्दोलन केही समय स्थगित गर्ने निर्णय गरेको छ ।
समितिका निर्देशक ज्ञानराज राईले आफूहरु बेलायत सरकारको ‘रेस्पोन्स’ पर्खने र वार्ता समिति गठन गरि प्रक्रिया अगाडि बढाउन आलटाल गरे लगत्तै कडा आन्दोलन थालिने दावी गरे ।
सत्याग्रहले अहिले आफ्नो मुद्दामा राजनीतिक भेटघाट र छलफललाई तीव्रता दिने जनाएको छ । इकान्तिपुर
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण