लन्डन । लन्डनस्थित नेपाली दूतावासमा आउंदो अप्रिल पहिलो साता नेपाली खाना महोत्सव हुने भएको छ । दूतावास र नेप्लिज सेफ एसोसिएशन यूकेको सहकार्यमा अप्रिल ६ तारिख सोमबारका दिन उक्त महोत्सव हुन लागेको हो ।
महोत्सवमा बेलायतस्थित विभिन्न मुलुकका कुटनीतिज्ञ, स्थानीय मेयर, काउन्सिलरसहित करिब ५ सय जना गैरनेपाली समुदायका अतिथिहरुलाई निम्त्याउने तयारी छ ।
नेपाल भ्रमण वर्षका साथसाथै बेलायतमा नेपाली कुइजिनलाई प्रवर्धन गर्ने महोत्सवको लक्ष्य छ । बेलायतमा सिग्नेचर नेपाली परिकारहरु विकास गर्ने एशोसिएसनको योजनामा पनि महोत्सव सहयोगी बन्ने अपेक्षा छ ।
महोत्सवमा खानाका लागि सबै जिम्मेवारी लिएको सेफ एशोसिएसनले मौलिक नेपाली खानाका परिकारहरु पस्किने जनाएको छ ।
‘मम, सेलरोटी, छोइला, नेपाली शैलीको अचार, खीर, मासको दाल जस्ता टिपिकल नेपाली स्वादहरु हामीले महोत्सवका लागि तयार गर्नेछौं’- एशोसिएसनका प्रवक्ता राजु बोहोरा भन्छन्, ‘महोत्सवमा आउने अतिथिहरुले नेपाली खानाको स्वाद र यसका मौलिकता कस्तो हुन्छ भनेर अनुभव गर्न सक्नेछन् भन्ने हाम्रो विश्वास छ ।’
महोत्सवका दिन ४ वटा स्टलमा लाइभ कुकिंग किचन राखेर ताजा परिकारहरु पस्किने तयारी एशोसिएसनले गरेको छ । महोत्सवमा खाना प्रवन्धदेखि यसका लागि आवश्यक खर्च जुटाउने जिम्मा समेत सेफ एशोसिएसनले नै लिएको छ ।
महोत्सवमा खानाका परिकारहरु बनाउने, सर्भ गर्ने र अतिथिहरुलाई खानाबारे बताउने लगायतका कार्यमा करिब ५० जना सेफहरु खटिनेछन् । एसोसिएसन अध्यक्ष दधि आचार्य यस वर्ष पहिलोपटक आयोजना हुन लागेको महोत्सव भविष्यमा पनि हरेक वर्ष गर्दै जाने योजना दूतावास र एशोसिएसनले बनाएको बताउंछन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण