शुन्यता सतहमा सलबलाउंदैछ
हल्लै हल्लाको यो शहरमा
एकान्तमा म यसरी हराइरहेको छु
यो भिडै भिडको माझमा
न झकझकाउ तिमी मलाई
म अन्तरमनको यात्रामा छु
न ढकढकाउ तिमी यो मनको द्वारमा
म नफर्कने निर्णयमा दृढ छु
हराउन देउ तिमी मलाई, यो शुन्यतामा
डुब्न देउ तिमी मलाई, यो एकान्तमा
किनकी म नोस्ट्यालजियामा छु
अनभिज्ञ छौ तिमी,
यि पलहरूसित किनकी यी पलहरू
नितान्त मेरो हो ,म अनि मेरो एकान्तपन
हजारौं खुशी र अमुल्य ति भोगेका समयहरू
सुन त
शुन्यतामा त्यो जुनकिरीको मन्द मन्द प्रकाश छ
ट्यार ट्यार कराइरहेको भ्यागुताको संगीत छ
यो सुर र संगीत प्रकृतिको, यो प्रकाश प्रकृतिको
आहा, मन भावविभोर छ,
न ढकढकाउ तिमी मलाई, म नोस्ट्यालजियामा छु
रसास्वादन गर्न देउ तिमी मलाई, म नोस्ट्यालजियामा छु
त्यो किशोर अवस्था, त्यो मिनपचासको बिदा
त्यो रेडियोमा स्वर सम्राटको मुटु छुने आवाज
त्यो शब्द अनि संगीतको समागम
अनि प्रसारण पश्चात प्रसारण
नढकढकाउ तिमी मलाई, म नोस्ट्यालजियामा छु
त्यो शनिबारको दिन, त्यो छोटो मिठो हाइकिङ
त्यो अन्ताक्षरीको खेल, त्यो रूख चिन्ने र गन्ने प्रयास
अनि त्यो उकाली र ओरालीका यात्राहरू
ति सुकेका पातहरू, ति पंक्षीका चिरबीरहरू
र ति हल्का हल्का पदचापहरू
नझकझकाउ तिमी मलाई, म नोस्ट्यालजियामा छु
हो म अन्तरमनको यात्रामा छु
मलाई त्यही एकान्तमा फर्कनु छ,
मलाई त्यही शुन्यतामा बिलीन हुनु छ,
ऊफ, भो नझकझकाउ अनि नढकढकाउ तिमी मलाई
म नोस्ट्यालजियामा छु
हो म नोस्ट्यालजियामा छु
सप्रेम
कल्पना घिमिरे
20/02/2020, लण्डन
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न