
लन्डन । लन्डनस्थित नेपाली दूतावासले स्कटल्याण्डमा ‘नेपाल भ्रमण वर्ष-२०२०’ प्रवर्धन कार्यक्रम गरेको छ । स्कटल्याण्डको काउडेनवीथस्थित सिमला प्यालेस रेष्टुरेन्टको सहकार्यमा गत आइतबार कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानीय स्कटिश नागरिकहरुसहित करिब डेढ सयको सहभागिता थियो ।
कार्यक्रममा काउडेनवीथका काउन्सिलर डारेन वाटले नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको जनाउंदै भ्रमण वर्ष सफल पार्न आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग रहने बताए ।
नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले सिमला प्यालेसका सञ्चालक काशीराम भण्डारीले नेपाल पर्यटन प्रवर्धनका लागि गरेका योगदानको उच्च मुल्यांकन गर्दै कार्यक्रम गर्न भण्डारीको समन्वयकारी भूमिकाप्रति आभार व्यक्त गरे । आरनले स्कटिष्ट नागरिकहरुलाई आफू र आफन्तसहित नेपाल भ्रमणमा जान पनि आग्रह गरे । आरनले ‘नेपाल भ्रमण वर्ष २०२०’ सम्बन्धि विशेष पावरपोइन्ट समेत प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष प्रवर्धन गर्ने खालका विभिन्न भिडियो र ४ वटा नेपाली नृत्य समेत प्रस्तुत गरिएको थियो । ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न नेपाली दूतावास लन्डनले गत वर्ष देखि नै विभिन्न कार्यक्रम गर्दै आएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न