लण्डन । बेलायतका एकजना सफल युवा व्यवसायी विष्णु खरेलले आफ्नो रेष्टुरेन्टमा च्यारिटी साँझ आयोजना गरी चितवन एड ट्रस्ट
(क्याट) यूकेलाई सहयोग गरेका छन् । आइतबार ग्रेसटस्थित बेलिफ रेष्टुरेन्टमा आयोजित च्यारिटी कार्यक्रमबाट संकलित १६ सय ९० पाउण्ड (करिब २ लाख ५० हजार रुपिया) क्याट यूकेलाई प्रदान गरिएको हो ।
संकलित रकम बेलिफ रेष्टुरेन्टका सञ्चालक खरेलले कार्यक्रमको अन्त्यमा क्याट यूके अध्यक्ष जिवन सेनलाई हस्तान्तरण गरेका थिए ।
‘आफ्नो व्यवसायको तर्फबाट सामाजिक क्षेत्रमा पनि सकेको सहयोग गरौं भन्ने मेरो पहिलेदेखिकै चाहना हो’, पछिल्लो समय सामाजिक कार्यहरुमा निकै सक्रिय खरेलले भने, ‘क्याट यूकेले मेरो गृहजिल्ला चितवनमा गर्दै आएका कल्याणकारी कामहरुबाट म प्रभावित थिएं । त्यसैले मेरो तर्फबाट संस्थालाई हौसलास्वरुप यो सानो सहयोगको योजना बनाएको हुँ ।’
त्यस अवसरमा क्याट यूके अध्यक्ष सेनले सहयोगका लागि बेलिफ परिवार, सञ्चालक खरेल र उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । क्याट यूकेले नेपालमा शिक्षा, स्वास्थ्य, दैवीप्रकोप लगायत क्षेत्रमा काम गर्दै आएको जानकारी उनले दिए ।
कार्यक्रममा सहभागी स्थानीय तथा रेष्टुरेन्टका ग्राहकहरुले बेलिफ रेष्टुरेन्ट र सञ्चालक खरेलले सामाजिक क्षेत्रमा गर्दै आएको सहयोगबाट आफूहरुलाई गौरव लाग्ने गरेको बताएका थिए ।
कोषका लागि च्यारिटी साँझका सहभागीहरुबाट सहयोग संकलन गरिएको थियो । खुकुरी, चित्रकला लगायत विभिन्न सामग्रीको ‘अक्सन’ र राफल ड्रबाट समेत कोष जुटाइएको थियो ।
स्थानीय बेलायतीहरुले बेलिफ रेष्टुरेन्टले पस्किएको मौलिक नेपाली परिकारहरुको स्वाद खुबै रुचाएका थिए । कार्यक्रममा एनआरएनए अभियन्ता एवम् समाजसेवी शेर सुनार, सिर्जनशील समाज यूकेका अध्यक्ष भक्त दर्जीसहित बेलायतस्थित नेपाली पत्रकारहरुको सहभागिता थियो ।
आफ्नो छोराको जन्मदिनकै दिन पारेर खरेलले आफ्नो रेष्टुरेन्टमा च्यारिटी साँझ आयोजना गरेका हुन् । केही महिनाअघि आफ्नी छोरीको जन्मदिनमा समेत उनले विपन्न परिवारका विद्यार्थीलाई ५० हजार रुपियाको छात्रवृत्ति सहयोग गरेका थिए । गत वर्ष पनि उनले बुद्ध फाउण्डेसन यूकेको सहयोगार्थ रेष्टुरेन्टमै च्यारिटी कार्यक्रम गरी आर्थिक सहयोग जुटाइदिएका थिए ।
तस्बिर- शंकर श्रेष्ठ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा