लण्डन । फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टले आफ्नो २१ औं वार्षिकोत्सवका अवसरमा संकलित ४ हजार पाउण्ड भिसीको सालिक बनाउन प्रदान गरेको छ ।
गोर्खा प्यालेसले गत १६ फेब्रुअरी आइतबार आयोजित कार्यक्रमबाट संकलित रकममा थपेर उक्त सहयोग प्रदान गरेको हो । अल्डरसटको प्रिन्सेस गार्डेनमा भिक्टोरिया क्रस पदक विजेता पहिलो नेपाली कुलबीर थापाको सालिक निर्माण हुंदैछ ।
‘मैले जीवनको सबैभन्दा बढि समय करिब २१ वर्ष रसमोरमै बिताएं । होम अफ ब्रिटिश गोर्खा भनिने रसमोर अल्डरसटमा पहिलो भिसी विजेताको सालिक बन्न लाग्दा स्वतस्फूर्त सहयोग गर्ने सोच आयो’- गोर्खा प्यालेसका प्रवन्ध निर्देशक सूर्य गुरुङले भने । उनले भिसीको सालिक नेपाल, समस्त नेपाली र गोर्खाको गौरवको विषय भएकाले उक्त प्रोजेक्टलाई सहयोग गर्न अरुलाई पनि अपिल गरे ।
स्थानीय रसमोर बरो काउन्सिलकी मेयर सु कार्टरको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव कार्यक्रममा डिष्ट्रिक्ट लिडर डेभिड क्लीफोर्ड, काउन्सिलरहरु लगायत रेष्टुरेन्टका नियमित ग्राहक सहभागी थिए ।
कार्यक्रममा मेयर कार्टरले गोर्खा सैनिक, रेष्टुरेण्ट खाना र उसको च्यारिटी कार्यको प्रशंसा गरेकी थिइन् । काउन्सिल लिडर काउन्सिलर डेभिड क्लीफोर्डले भिसी थापाको सालिक निर्माणमा सहयोग गरेकामा रेष्टुरेन्टलाई धन्यवाद दिए । स्मरण रहोस्, उक्त सालिकका लागि रसमोर बरोले जग्गा उपलब्ध गराई रेखदेखको जिम्मा समेत लिएको छ ।
गोर्खा प्यालेसका प्रवन्ध निर्देशक गुरुङकी धर्मपत्नी बबिता गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा ६ वर्षीय छोरा साकारले स्वागत मन्तब्य दिंदै सालिक निर्माण र ‘भिजिट नेपाल २०२०’ अभियानलाई सघाउन अपिल गरेपछि मेयरसहित उपस्थित पाहुना दंग परेका थिए । मेयर कार्टरले त मन्तव्यका क्रममा साकारलाई अगाडि बोलाएर उनको तारिफ गर्दै फोटो खिचाइन् ।
कार्यक्रममा ‘भिजिट नेपाल २०२०’ को प्रचारप्रचारका लागि टेम्पोमार्फत पृथक शैली अपनाइएको थियो । भिजिट नेपालको पोस्टर राखिएको टेम्पोमा बसेर सहभागीले तस्विर समेत लिए । नेपाल भ्रमण वर्ष प्रचारका लागि विदेशीहरुलाई उक्त टेम्पोमा घुमाउने योजना समेत गोर्खा प्यालेसको छ । रेष्टुरेन्टका सबै सदस्यहरुले पनि ‘भिजिट नेपाल २०२०’ को लोगो अंकित टिसर्ट लगाएका थिए ।
वार्षिकोत्सवमा विभिन्न सामानहरुको लिलाम बढाबढ र ‘राफल ड्र’ गरि च्यारिटी रकम संकलन गरिएको थियो । गोर्खा प्यालेसले स्थापनाकाल देखि नै बेलायत र नेपालमा पालैपालो च्यारिटी गर्दै आएको छ । तस्बिर- मिलन तमु
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो