
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले एउटा विवादित कार्यक्रम आयोजनाको तयारी गरेको छ । शनिवारदेखि तीव्र रुपमा प्रचार गरिएको उक्त कार्यक्रम खादा र ताम्रपत्रसहित सीमित ब्यक्तिलाई सम्मान गर्ने तयारीले आलोचना भएको हो । १४ बर्षसम्म नगरिएको यस्ता कार्यक्रम अहिले आयोजना गर्न खोजिनुले एनआरएनए अभियन्ताहरुले प्रश्न गर्न थालेका छन् ।
तत्कालिन ५ मार्च २००५ लाई स्थापना दिवस मानेर एनआरएनए यूकेले १५ औं स्थापना दिवस मनाउन लागेको छ । कार्यक्रम संयोजक आँफैले आँफैलाई पहिलोपटक सम्मान गर्नेछन् । नेपाली समुदायबाट रकम उठाएर आँफैले आँफैलाई पहिलो पटक सम्मानको इतिहास कार्यक्रम संयोजक रामशरण सिंखडाले रच्नेछन् । एनआरएनए यूकेले स्थापना दिवस मनाउन लाग्दा संस्थापक मध्येका एकमा स्वयं सिंखडा थिए ।
संस्थापक अभियन्ता मध्येका थर्क सेनले सामाजिक संजाल फेसवुकमा कार्यक्रमका बारेमा प्रश्न उठाएका छन्। उनीसँगै धेरै एनआरएनए अभियन्ताहरुले प्रश्न गरेका छन् । एनआरएनए उपाध्यक्ष नारायण कँडेलले त कार्यक्रम बारेमा अनविज्ञता समेत प्रकट गरे ।
एनएनआरएनए अन्तर्राष्ट्र्यि समन्वय परिषद्ले हरेक बर्ष ११ अक्टोबरमा स्थापना दिवस अर्थात एनआरएनए डे मनाउंदै आएको छ । जसलाई एनआरएनएका ८० वटा शाखाले पनि मनाउंदै आएका छन् ।
लामो समय समाजमा काम गरेका मध्ये सकृयताका आधारमा समाजसेवी हुनु पर्नेमा एनआरएनए यूके जन्माउँदा उपस्थित हुने ब्यक्तिहरुलाई सम्मान गर्न लागिएको भनिएको छ । त्यसको जिम्मा पनि एक जना विवादित ब्यक्ति रामशरण सिंखडालाई संयोजन गर्न दिएर । पूर्वजहरुको सम्मान र यसको प्रभाव नामक कार्यक्रममा आईसिसिमा मनोनित सिंखडाले अहिले एनआरएनए आफूलाई समुदायको केन्द्र भागमा देखाउन यस्तो कार्यक्रम ल्याएको बताइन्छ ।
शनिवार विहानदेखि नै आफूले सामाजिक संजालमा राखेको प्रचारलाई निकट ब्यक्तिमार्फत शेयर, लाईक र कमेन्ट गर्न लगाएका छन् ।
समाजसेवा गरेको मूल्यांकन गरि ताम्रपत्रसहित खादा लगाउने कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा. दुर्गावहादुर सुवेदी, एनआरएनए आईसिसि अध्यक्ष कुमार पन्त, अध्यक्ष पुनम गुरुङसगै एउटै सिटमा बस्ने र समाजसेवीलाई वितरण गरिने ताम्रपत्रमा संयोजकको हैसियतमा हस्ताक्षर गर्ने उनको योजना रहेको स्रोत बताउँछ ।
बेलायतस्थित नेपाली समुदायमा विदास्पद हैसियत बनाएका सिंखडालाई यत्तिको अवसर जुराउन निकै गाह्रो छ । निर्वाचित भन्दा पनि अरुको सिफारिसमा परेर आईसिसि सदस्यसम्म पुगेका सिंखडाले अतिथिको लहरमा बस्ने योजना बनाएका हुन् ।
आर्थिक रुपमा टाट पल्टिएको एनआरएनए यूकेले समुदायसँग चन्दा असुलेर गर्ने यस्ता कार्यक्रमको प्रभाव भने शुन्य प्राय छ । नयाँ नेतृत्वले कार्यभार सम्हालेको ६ महिना बित्दा पनि कुनै काम गर्न सकेको छैन् तर खादा माला लगाउने कार्यलाई भने निरन्तरता दिइरहेको छ । यसले नेपाली समुदायलाई भने कुनै उपलव्ध हासिल हुदैन् ।
उनले बाड्ने ताम्रपत्र र खादा कस कसले लगाउने भन्नेबारेमा अहिले एनआरएनए यूकेले नामावली सार्वजनिक गरेको छैन् । संस्थापकहरुका नाममा पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरेर आफूप्रति नरम बनाउने योजनामा संयोजक सिंखडा छन् । आफ्नो भन्दा बरिष्ठ भएर केन्द्रीय सल्लाहकारका रुपमा काम गरेकालाई भने उनले सम्मानको मापदण्डमा राखेका छैनन् ।
यस्ता विवादित ब्यक्ति र विवादित कार्यक्रमले समाजसेवा भनेर दैनिक नेपाली समुदायका कार्यक्रममा दौडिने र एनआरएनए केन्द्रमा सकृय लागिरहेका ब्यक्तिलाई भने ‘कुरीकुरी’ भन्नेछ । किनकी ‘एनआरएनए डे’ ८० शाखाहरुले मनाउने चाडलाई एनआरएनए १५ औं स्थापना दिवसले जिस्काउने छ ।
समाजमा उपलव्धी दिने भन्दा पनि चरम आर्थिक दुरुपयोगको भारी बोकी रहेको एनआरएनए यूकेले गर्ने यस्ता कार्यक्रमको मूल्याकंन ढिलाचाँडो पक्कै हुनेछ । छनोट ब्यक्ति र कार्यक्रमले एनआरएनको साख बढाउने भन्दा पनि आफूलाई प्रयोग गर्ने साधनका रुपमा विकास गर्दै लानेछ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण