लण्डन । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा. कपिल रिजालले बेलायतमा संकलन गरिएको १ लाख रुपियाँ काठमाडौँस्थित माया घरलाई हस्तान्तरण गरेका छन् ।
गत २६ जनवरीका दिन होली काउ फाइन डाइन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गैर आवासीय नेपाली संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष कुल आचार्यको पहलमा उक्त रकम संकलन गरिएको थियो ।
एउटा मानवीय कार्यका लागि सहयोग जुटाउन पाउंदा आफुलाई खुशी लागेको आचार्यले बताए । उनले सबै सहयोगदाताहरुलाई धन्यवाद पनि दिए ।
कलंकीमा रहेको माया घरले २६ जना निसहाय बालबालिकालाई आश्रय तथा पठनपाठनको व्यवस्था गर्दै आएको छ । उक्त घरले अप्रत्यक्ष रुपमा ५० भन्दा बढी अन्य बालबालिकालाई पनि सघाएको छ ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?