शुक्रबार, असार १९ २०७७ | Fri, July 03, 2020
नेपालको समय: ०२:५८ | UK Time: 22:13

पूर्व प्रहरी अधिकृत श्रेष्ठको पुस्तक आठ भाषामा

वीनेपाली
२०७६ माघ २८ गते ९:५८

लण्डन । बेलायतमा बसोबासरत पूर्व प्रहरी अधिकृत शिवजी श्रेष्ठद्वारा लिखित ‘माओवादी द्वन्द्व र नेपाल प्रहरीमा परेको नैतिक प्रभाव’ पुस्तक आठ भाषामा प्रकाशन हुने भएको छ ।

बेलायतस्थित ल्याम्बर्ट अक्याडमिक पब्लिकेशनले प्रकाशन गरेको सो पुस्तक ल्याटिन अमेरिका, युरोप, रसिया लगायत देशहरुका पाठकलाई लक्षित गरी विभिन्न आठ भाषामा प्रकाशन गर्न लागिएको बताइएको छ ।

दुई वर्षअघि अंग्रेजीमा प्रकाशित सो पुस्तक अब जर्मन, फ्रेन्च, रसियन, पोर्चुगिच, स्पेनिस, पोलिस, डच र इटालियन भाषामा प्रकाशन हुनेछ ।

द्वन्द्वकालमा नेपालका विभिन्न स्थानमा बसेर काम गरेका श्रेष्ठको सो पुस्तक ‘अमेजन’ बाट किन्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक