लण्डन । म्याग्दीको दरबाङमा बन्न लागेको २५ मेगावाटको दरबाङ म्याग्दीखोला हाइड्रोपावर परियोजनाका लागि मिडल्याण्डबासी मगरहरुले सवा २ करोड लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मगर संघ युकेको नयाँ शाखाका रुपमा गत महिनामात्र स्थापना भएको मिडल्याण्ड शाखाको गत साता ननिटनमा बसेको बैठकमा सो प्रतिवद्धता आएको परियोजनाका युके संयोजक तथा एनआरएनए युकेका कोषाध्यक्ष इन्जिनियर तेजेन्द्र रोकामगरले जानकारी दिए ।
शाखाका पदाधिकारी, सदस्यहरु र सल्लाहकारहरु गरी करिब ३० जनाको उपस्थिति रहेको सो बैठकमा २० जनाले लगानीको प्रतिवद्धता गरेका थिए । संयोजक रोकाले सो अवसरका लागि शाखाका सल्लाहकार क्याप्टेन भीम सारुलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।
धौलागिरी कालिका हाइड्रो लिमिटेडको लगानीमा बन्न लागेको सो हाइड्रोको कुल लगानी ५ अर्ब १५ करोड रुपियाँ अनुमान गरिएको छ । सो मध्ये ३० प्रतिशत लगानीकर्ताहरुबाट र ७० प्रतिशत बैँकबाट जुटाइने बताइएको छ । बैँकबाट जुटाइने लगानीका लागि ६ वटा बैंकहरुले सहमति जनाइसकेका छन् ।
अहिले सुरुङको काम भइरहेको र अर्को वर्षबाट हेडवर्क्स र पावरहाउसको काम शुरु हुने सो परियोजना विसं २०७९ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो परियोजनामा लगानी गर्न चाहनेहरुले न्यूनतम १० लाखदेखि लगानी गर्न सक्ने बताइएको छ । सीधा वैदेशिक लगानी योजना अन्तर्गत बेलायतबाट लगानी गरिने भएकाले लाभांश नेपाल वा बेलायत जहाँ पनि प्राप्त गर्न सकिने रोकाले बताए ।
लगानीकर्ताहरुसित समन्वयका लागि बेलायतको विभिन्न स्थानमा भेला भइरहेको पनि उनले जानकारी दिए ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?