
लन्डन । पूर्व काउन्सिलर धन गुरुङ बेलायतीहरुको एक टोली लिएर नेपाल प्रस्थान गरेका छन् । फोकस्टन र मेचीनगर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका गुरुङ फोकस्टन टाउनका स्थानीय नेताहरुका साथ शुक्रबार नेपाल गएका हुन् ।
भ्रमण दलमा फोकस्टन टाउन मेयर काउन्सिलर ज्याकी मिड, पूर्व काउन्सिलर निल जोन (प्रोजेक्ट सेक्रेटरी), केन्ट च्याम्बर अफ कमर्सका अध्यक्ष एवं गोर्खा मेमोरियल फण्डका ट्रष्टी रे जोन्सन, आइटी इन्जिनियर तथा पत्रकार ओलिभर रबिन्सन, राप्ती समाज यूकेका अध्यक्ष हिक्मतसिंह रोका लगायत छन् ।
मेची नगरपालिकाका मेयर बिमल आचार्यको विशेष निमन्त्रणामा बेलायती टोली नेपाल गएको गोर्खा मेमोरियल फण्ड यूकेका अध्यक्ष एवं भ्रमण दलका संयोजक गुरुङले बताए । ‘यसले बेलायत नेपाल सम्बन्ध अभिवृद्धि गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ’, गुरुङले भने, ‘झापामा तय गरिएका धेरै कार्यक्रमले जनता जनताबीच सम्बन्ध प्रगाढ पनि बनाउने विश्वास लिएका छौं । यस भ्रमणले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास गरिएको छ ।’
यही ८ फेब्रुअरी देखि १३ फेब्रुअरीसम्म मेचीनगर झापामा भगिनी सम्बन्ध स्थापनाको अवसरमा विशेष कार्यक्रम गरिंदैछ । २३ फेब्रुअरीमा बलभद्र उच्च माविस्थित जोअना लुम्ली कम्प्युटर टेक्नोलोजी एजुकेशन सेन्टर उद्घाटनको कार्यक्रम समेत तय भएको छ, जसको उद्घाटन उपराष्ट्रपतिले गर्ने छन् ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा