
लन्डन । पूर्व काउन्सिलर धन गुरुङ बेलायतीहरुको एक टोली लिएर नेपाल प्रस्थान गरेका छन् । फोकस्टन र मेचीनगर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका गुरुङ फोकस्टन टाउनका स्थानीय नेताहरुका साथ शुक्रबार नेपाल गएका हुन् ।
भ्रमण दलमा फोकस्टन टाउन मेयर काउन्सिलर ज्याकी मिड, पूर्व काउन्सिलर निल जोन (प्रोजेक्ट सेक्रेटरी), केन्ट च्याम्बर अफ कमर्सका अध्यक्ष एवं गोर्खा मेमोरियल फण्डका ट्रष्टी रे जोन्सन, आइटी इन्जिनियर तथा पत्रकार ओलिभर रबिन्सन, राप्ती समाज यूकेका अध्यक्ष हिक्मतसिंह रोका लगायत छन् ।
मेची नगरपालिकाका मेयर बिमल आचार्यको विशेष निमन्त्रणामा बेलायती टोली नेपाल गएको गोर्खा मेमोरियल फण्ड यूकेका अध्यक्ष एवं भ्रमण दलका संयोजक गुरुङले बताए । ‘यसले बेलायत नेपाल सम्बन्ध अभिवृद्धि गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ’, गुरुङले भने, ‘झापामा तय गरिएका धेरै कार्यक्रमले जनता जनताबीच सम्बन्ध प्रगाढ पनि बनाउने विश्वास लिएका छौं । यस भ्रमणले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास गरिएको छ ।’
यही ८ फेब्रुअरी देखि १३ फेब्रुअरीसम्म मेचीनगर झापामा भगिनी सम्बन्ध स्थापनाको अवसरमा विशेष कार्यक्रम गरिंदैछ । २३ फेब्रुअरीमा बलभद्र उच्च माविस्थित जोअना लुम्ली कम्प्युटर टेक्नोलोजी एजुकेशन सेन्टर उद्घाटनको कार्यक्रम समेत तय भएको छ, जसको उद्घाटन उपराष्ट्रपतिले गर्ने छन् ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा