लन्डन । हाल बेलायत रहेका गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले आफ्नो भ्रमणबारे केही अनलाइन मिडियाले भ्रामक समाचार संप्रेषित गरेको भन्दै आपत्ति जनाएका छन् । उनले एक स्पष्टिकरण दिंदै गोरखा नगरपालिकाको समग्र विकासका लागि बेलायतमा रचनात्मक सरसल्लाह र अन्तरक्रिया भइरहंदा आएका मनगढन्ते समाचारले आफू दुःखी भएको पनि बताए ।
‘भगिनी सम्बन्ध गांस्न बेलायत पुगेका गोरखाका मेयर पन्त हराए’ शीर्षकमा आफूखुसी, मनगणन्ते, हामीसंग कुनै भेरिफाइ नै नगरी एकतर्फी र स्रोतसमेत उल्लेख नगरिएका समाचार प्रकाशित भएको देख्दा टिठ लागेको छ’-, उनले भनेका छन् ।
उनको प्रष्टिकरण जस्ताको तस्तै-
मेरो नेतृत्वमा गोरखा नगरपालिकाकी कार्यकारी अधिकृत कृष्णकुमारी श्रेष्ठ र पत्रकार किशोर जङ्ग थापा पूर्व निर्धारित कार्यक्रममा भाग लिन बेलायत आएका हौं । कार्यक्रम सफलतापूर्वक सम्पन्न पनि भएको छ । अधिकृत श्रेष्ठ शुक्रबारै नेपाल फर्किसक्नुभयो । हामी गोर्खाली र नेपालीहरुको आयोजनामा भइरहेका कार्यक्रमहरुमा सहभागी भैरहेका छौं । अझै केहि दिन गोर्खालीको आयोजनामा हुने कार्यक्रममा सहभागी हुनेछौं । सबै नियमित कार्यक्रम सकेर हामी स्वदेश फर्कने मिति पनि पूर्ववत जानकारीमै छ ।
बेलायत बसाइको हरेक दिन गोर्खा नगरपालिकाको समग्र बिकासको बारेमा कुनै न कुनै समुदायसंग छलफल भइरहेको छ । यसै सन्दर्भमा ‘भगिनी सम्बन्ध गांस्न बेलायत पुगेका गोरखाका मेयर पन्त हराए’ शीर्षकमा आफू खुसी, मनगणन्ते, हामीसंग कुनै भेरिफाइ नै नगरी एकतर्फी र स्रोतसमेत उल्लेख नगरिएका समाचार प्रकाशित भएको देख्दा टिठ लागेको छ । मलाई सम्मान गर्ने भनिएको लन्डनको एक कार्यक्रमको आधिकारिक निमन्त्रणा पनि प्राप्त नभएको तर अकस्मात अनुपस्थित भएको भन्ने हल्ला गरेर भ्रम फैलाइएकामा मलाई दुःख लगेको छ । त्यस्ता हल्ला र समाचारको भ्रममा नपर्न सबैमा अनुरोध छ ।
राजनराज पन्त, मेयर
गोरखा नगरपालिका
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण