
लन्डन । हयाम्पसायर पुलिसले प्रहरीमा नयां भर्ना लिने तयारी गरेको छ । यही ८ फेब्रुअरी शनिबार दिउसो अल्डरसटस्थित प्रिन्सेस् हलमा हयाम्पसायर कन्सट्याबुलरी रिक्रुटमेन्ट इभेन्ट हुन लागेको हो । बिहान ११ देखि १ बजेसम्म रिक्रुट गरिनेछ ।
हयाम्पसायरमा नेपालीहरुको उल्लेख्य बसोवास रहेकाले प्रहरीले नेपालीलाई पनि उक्त इभेन्टमा सहभागी हुन आव्हान गरेको छ । पुलिस कम्युनिटी सपोर्ट अफिसर (पिसिएसओ) दुर्गा थापाले प्रहरीमा भर्ना हुन इच्छुक युवायुवतीलाई उक्त इभेन्ट उपयुक्त हुने बताए ।
साउथ हयाम्पटन र पोर्टस्मथमा पनि क्रमशः १० र ११ फेब्रुअरीमा भर्ना लिइने प्रहरीले जनाएको छ ।
गृह मन्त्रालयले आगामी तीन वर्षभित्र इंग्ल्याण्ड र वेल्समा २० हजार प्रहरी अधिकृत थप्ने घोषणा गरे बमोजिम अहिले विभिन्न क्षेत्रमा प्रहरी भर्ना प्रक्रिया अगाडि बढाइएको छ ।
पहिलो वर्ष हयाम्पसायरमा १५६ जना प्रहरी थपिनेछ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण