अल्डरसटमा प्रहरी भर्ती खुल्दै, नेपालीलाई आव्हान


लन्डन । हयाम्पसायर पुलिसले प्रहरीमा नयां भर्ना लिने तयारी गरेको छ । यही ८ फेब्रुअरी शनिबार दिउसो अल्डरसटस्थित प्रिन्सेस् हलमा हयाम्पसायर कन्सट्याबुलरी रिक्रुटमेन्ट इभेन्ट हुन लागेको हो । बिहान ११ देखि १ बजेसम्म रिक्रुट गरिनेछ ।

हयाम्पसायरमा नेपालीहरुको उल्लेख्य बसोवास रहेकाले प्रहरीले नेपालीलाई पनि उक्त इभेन्टमा सहभागी हुन आव्हान गरेको छ । पुलिस कम्युनिटी सपोर्ट अफिसर (पिसिएसओ) दुर्गा थापाले प्रहरीमा भर्ना हुन इच्छुक युवायुवतीलाई उक्त इभेन्ट उपयुक्त हुने बताए ।

साउथ हयाम्पटन र पोर्टस्मथमा पनि क्रमशः १० र ११ फेब्रुअरीमा भर्ना लिइने प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयले आगामी तीन वर्षभित्र इंग्ल्याण्ड र वेल्समा २० हजार प्रहरी अधिकृत थप्ने घोषणा गरे बमोजिम अहिले विभिन्न क्षेत्रमा प्रहरी भर्ना प्रक्रिया अगाडि बढाइएको छ ।

पहिलो वर्ष हयाम्पसायरमा १५६ जना प्रहरी थपिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री