![]()
लन्डन । नेप्लिज वुमन एसोसिएशन, युकेकी अध्यक्ष श्रीमती आरती श्रेष्ठले नेपालबाट आएको संसदीय प्रतिनिधि मण्डलको सम्मानमा मंगलबार बेलुका आफ्नै निवासस्थानमा एक स्वागत समारोह तथा रात्री भोज आयोजना गरेकी छन् ।
प्रतिनिधि मण्डलमा नेपालको संसदको विधान व्यवस्थापन समितिका सभापतिपरशुराम मेघी गुरुङ,सांसदद्वय नीरा देवी जैरु, अनिता देवकोटा, संसद सचिवालयका सचिव भरतराज गौतम, संसद सचिवालयको कानून इकाईका प्रमुख अर्जुनकुमार खड्का, संसद सचिवालयका सहसचिव मनोजकुमार गिरी तथा वंशीराज पौडेल एवं उपसचिव रेखा उपाध्याय छन् ।
प्रतिनिधिमण्डल लाई स्वागत गर्दै श्रीमती आरती श्रेष्ठले संसदीय प्रणालीको जननी पनि भनिने बेलायतको भ्रमणबाट नेपाली संसदीय टोली लाभान्वित हुनेविश्वास व्यक्त गरिन् । उनले नेपालमा नयाँ संविधानको निर्माणपछि संघीय, प्रान्तीय तथा स्थानीय निकायमा महिला प्रतिनिधित्व बढेको तर निर्णायक तहमा महिलाहरु अझै पुग्न नसकेको बताइन् ।
प्रतिनिधि मण्डलका नेता तथा सांसद परशुराम मेघी गुरुङले नेपालको संसदीय अभ्यास पनि वेष्टमिन्सटर प्रणालीमै आधारित रहेकाले ब्रिटिश संसदकोअनुभव आफूहरुका लागि उपयोगी हुने बताए । उनले कानून बनिसकेपछि त्यसको कार्यान्वयनमा के कस्ता समस्या देखा पर्न सक्छन् र तिनलाई कसरी निराकरण गर्ने भन्नेबारे भ्रमण केन्द्रित रहेको जानकारी दिए । संसद सचिवालयका सचिव भरतराज गौतमले भ्रमण ‘उपलब्धिपूर्ण’ भइरहेको बताए ।
स्वागत समारोह तथा रात्रीभोजमा सोलिसिटर राजु थापा, पूर्व क्याप्टेन आरके श्रेष्ठ, नेपाली दूतावास लन्डनका प्रतिनिधि तेजेन्द्र रेग्मी लगायतको उपस्थिति थियो ।
वेस्टमिन्सटर फाउनडेशन फर डेमोक्रेसी नामक संस्थाद्वारा आयोजित अध्ययन भ्रमणका क्रममा नेपाली टोलीले ब्रिटिश संसदका विभिन्न समितिहरु, प्रधानमन्त्रीको प्रश्नोत्तर सत्र, अल पार्टी पार्लियामेन्ट्री कमिटी अन नेपालका अध्यक्ष सांसद वीरेन्द्र शर्मा लगायतलाई भेटेका थिए ।
टोलीले विहीबार र शुक्रबार बेलफास्ट शहरको भ्रमण गरी उत्तर आयरल्याण्डको प्रान्तीय संसदीय प्रणालीको अध्ययन गर्नेछ ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा