व्यवसायी उत्तम नेपालले पांच करोडमा 
बनाइदिए स्कुल

लन्डन । लन्डनस्थित एक दम्पतिले धादिङमा विद्यालय निर्माण तथा जग्गा खरिदका लागि करिब ५ करोड रुपैयां खर्चिएका छन् ।

फेसनमा विश्वप्रसिद्ध ‘युमी लन्डन’ का सञ्चालक उत्तम नेपाल र उनकी श्रीमति क्लेयरले १६ रोपनी (करिब ९ हजार स्क्वायर मिटर) जग्गा खरिद गरि भूकम्पबाट क्षतिग्रस्त धादिङको 
डुम्रीचौर कल्लेरीस्थित सरस्वती उच्च मावि पुनर्निर्माण गरिदिएका हुन् । भूकम्प प्रतिरोधात्मक ५ वटा विद्यालय भवन (ब्लक) निर्माण भएको छ ।

‘म र श्रीमति दोश्रो ठूलो भूकम्पपछि गाउं जांदा मानिसहरुको कारुणिक रोदन देखेर हामीलाई केही गर्ने सोच आयो’, उत्तम भन्छन्, ‘शुरुमा गाउंलेले घर बनाइदिए हुन्थ्यो भन्ने आशा राखेका थिए तर सबैलाई घर बनाइदिन सम्भव थिएन् । बरु हामीले जग्गा किनेर स्कुल पुनर्निर्माण गरिदियौं जसबाट सयौं विद्यार्थीको भविष्य उज्जवल हुनेछ ।’

आवश्यक जग्गा खरिदमा समस्या भएर प्रोजेक्ट केही लम्बिएको बताउंदै उत्तमले त्यहां भविष्यमा प्लस टु सञ्चालन गर्न समेत सकिने जनाए ।

हाल उक्त विद्यालयमा ३८० भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । नयां स्कुल निर्माणपछि ५ सय बढि विद्यार्थी पढ्न सक्ने क्षमता छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री