लन्डन–नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले बर्न्टओकमा सरस्वती पूजा आयोजना गरेको छ । वाटलिङ कम्युनिटी सेन्टरमा शनिवार आयोजित सरस्वती पूजामा केन्द्रद्वारा संचालित नेपाली कक्षाका विद्यार्थीहरु तथा अभिभावकको उल्लेख्य उपस्थिति थियो ।
सो अवसरमा स्वयंसेवी योग तथा ध्यान शिक्षक शम्भु आचार्यले विद्याकी देवी सरस्वतीको पूजा आराधनाका साथै स्वस्तिक चिन्ह कोर्न बालबालिकालाई सिकाएका थिए । ‘हिन्दु संस्कृतिमा कुनै पनि शुभकार्य शुरु गर्दा स्वस्तिक चिन्ह बनाउने गरिन्छ । यो नाजीहरुको स्वस्तिक चिन्ह भन्दा धेरै फरक छ, त्यसैले यसमा झुक्किनु हुंदैन’- उनले भने ।
‘बेलायतमा हुर्कीरहेका हाम्रा बालबालिकालाई आफ्नो भाषा संस्कृतिबारे ज्ञान होस् भनेर गएको तीन वर्ष देखि हामीले नेपाली भाषा कक्षा संचालन गरिरहेका छौं र हरेक वर्ष सरस्वती पूजा मनाउने गरेका छौं’- केन्द्रका अध्यक्ष सुमन प्रधानले भने ।
कार्यक्रममा आमन्त्रित बर्न्टओकका स्थानीय काउन्सिलर अम्मर नकवीले जलवायु परिवर्तनका कारण उत्पन्न समस्याबारे बालबालिकालाई बताएका थिए । उनले मानव गतिविधिले गर्दा वातावरणमा नकारात्मक असर परेको पुष्टि भैसकेको र यसलाई गम्भीर रुपमा लिनु पर्ने बताए । ‘हामीले हाम्रा सन्तानलाई छाडेर जाने संसार अहिलेको भन्दा राम्रो नभए पनि खराब हुनुहुंदैन’- उनले भने ।
सरस्वती पूजा पछि सबै बालबालिका तथा अभिभावकहरू वाटलिङ अभेन्युस्थित रोज गार्डेनमा गएर गुलाफका बिरुवा रोपेका थिए । सो कार्यक्रममा काउन्सिलर नकवीका साथै काउन्सिलर सारा कनवे पनि सहभागी थिइन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण